ढाकावाङ्गमा मसाल निकट समता समाजको वार्ड भेला सम्पन्न

अर्घाखाँचीडट्कम संवाददाता 
ढाकावाङ्ग, अर्घाखाँची । जातिय समता समाज अर्घाखाँचीका जिल्ला अध्यक्ष राजेन्द्र नेपालीले मुलुकमा गणतन्त्र स्थापनाको एक दशक पुगि सक्दा समेत दलित समुदाय माथिको भेदभाव नहट्नु दुःखद भएको बताउनुभएको छ ।
 भुमिकास्थान १ ढाकावाङ्गमा आज सम्पन्न समता समाजको वार्ड भेलालाई सम्बोधन गर्दै उहांले यस्तो बताउनुभएको हो ।
कानुन र ब्यबस्था फेरिएपनि मुलुकको राजनीतिक तथा आर्थिक परिवर्तनमा ठुलो योगदान दिंदै आएको दलित समुदायमाथी छुवाछूत,ज्यादती,उत्पीडन र शोषणको ब्यबहार परिवर्तन हुन नसकेको भन्दै उहांले यसका निम्ती एक जुट हुन कार्यकर्तालाई आग्रह गर्नुभएको छ । 
भेलाले गोपाल नेपालीको अध्यक्षतामा ९ सदस्यिय वार्ड समितिको गठन गरेको छ । जसको सचिवमा दिपक नेपाली र कोषाध्यक्षमा चमकला नेपाली चयन हुनुभएको छ ।
यस्तै नव गठित वडा समितिको सदस्यमा देव बहादुर वि.क.,सुर्य नेपाली,उर्मिला नेपाली,राम बहादुर नेपाली,राजेन्द्र नेपाली र शुसिल नेपाली रहनुभएको पत्रकार गोपाल प्रसाद भट्टराईले जानकारी दिनुभएको छ ।