अर्घाखाँची डट्कम संवाददाता
छत्रदेव, (अर्घाखाँची डट्कम) अर्घाखाँची जिल्लाको छत्रदेव गाउँपालिका अन्तरगतका सम्पुर्ण विद्यालय पाच दिन सम्म बन्द हुने भएका छन ।
शिक्षक सेवा आयोगले विभिन्न तहको परिक्षा सञ्चालन गर्न लागेको हुदा अधिकांस शिक्षकको उपस्थिति रहदा पठनपाठनमा प्रभाव पर्ने ठहर गर्दै छत्रदेव गाउँपालिकामा रहेका शिक्षक पेशागत संघसंगठनका प्रमुखहरूको बैठकले यस्तो निर्णय गरेको हो ।
श्रोत व्यक्ती दिनानाथ पराजुली ,धुर्वराज पौडेलको उपस्थिति रहेको बैठकले असौज ८ गते देखी १३ गते सम्म पुर्णरुपमा विद्यालय बन्द गर्ने निर्णय गर्दै उक्त विदालाई आउदो हिउदे विदामा कट्टि गरिने जनाईएको छ ।