अब देउराली यातायातले सन्धिखर्कबाट दिल्लीको लागी गाडि छुटाउने

 नबिन के.सी 
असोज १२ अर्घाखाँची । जिल्लाको ग्रामीण तथा देशका बिभिन्न सहरमा यातायात क्षेत्रबाट सेबा दिएको देउराली यातायात व्यबसायी समितीले अब देखी दिल्लीमा पनि आफनो सेबा बिस्तार गर्ने भएको छ । 
नेपालिहरुको महान चाड लाई लक्षित गरि अब देखी प्रत्येक हप्ताको सोमबार ,बुधबार र शुक्रबार सन्धिखर्क देखी दिल्लीको लागी एसी तथा नन एसी बस सञ्चालन गर्ने देउराली यातायात व्यबसायी समितीका अध्यक्ष योगेन्द्र खड्काले जानकारी दिनु भयो । सुपादेउराली टुर एण्ड ट्राभलस र देउराली यातायात बिच शुक्रबार एक कार्यक्रमका बिच समझौता भएको छ ।
जिल्लाका यात्रुहरुलाई सहज होस भनेर यो सेबा सुरु गरेको सुपादेउराली टुर एण्ड ट्राभलसका नेपाल प्रमुख तुलसी पौडेलले जानकारी दिए । ‘हामीले बुटवलबाट पहिला देखीनै सेबा दिई रहेका थियौ । जिल्लाका यात्रुहरुले दु.ख पाए पछि उनिहरुलाई सहज होस भनेर यो सेबा सुरु गरेका छौ । ’ पछिल्लो समय नेपाल सरकारले दश प्रतिशत भाडा दर बृद्धि गर्ने बताए पनि देउराली यातायातले कालोपत्रे रुटमा बाहेक अन्यत्र पुरानै भाडा कायम राखेको समितीका अध्यक्ष योगेन्द्र खड्काले बताए । ‘हाम्रा गाडिहरु जिल्लाका ६१ वटा वडामानै पुग्ने गरेका छन । ग्रामीण क्षेत्रमा चलने गाडिहरुरुको पुरानै रेट कायम गरेका छौ । ’
पछिल्लो समय यात्रुहरुको मागलाई मध्यनजर गरेर सेबाहरु थप गर्ने पक्षमा रहेको देउरालीयातायत व्यबसायी समितीका महासचिब प्रेमप्रकाश पाण्डेले जानकारी दिए ।‘हामी जिल्लाबासीहरुको मागलाई र आव्यसकतालाई मध्यनजर गर्दैै एसी बसहरु दिल्लीको लागी सञ्चालन गर्ने गरि अगाडि बढेका छौ । आगामी बुधबार देखी हाम्रो सेबा सुरु हुन्छ । ’