लक्ष्मण घिमिरे
शान्ति बगैंचा, असोज १२ अर्घाखाँची । जिल्लामा पछिल्लो समय तिब्र गतिमा धर्म परिवर्तन गराउने जस्ता सनातन धर्म विरोधि गतिबिधिहरु बढेको भन्दै बिरोधमा आज दिउसो २ बजे शान्ति बगैंचाबाट बृहत बाईक र्याली आयोजना गरिएको हो । हिन्दु जागरण नेपालले भोली सदरमुकाम सन्धिखर्कको शान्ति बगैंचामा आयोजना गर्नेे बृहत आम धार्मिक भेलाको पूर्वसन्ध्यामा आज बाइक र्याली निकालिने भएको हो ।
भोलीको बृहत धार्मिक भेलाको सम्पूर्ण तयारि पुरा भैसकेको हिन्दु जागरण नेपाल अर्घाखाँचीका संयोजक नारायण खड्काले पत्रकार सम्मेलन मार्फत जानाकारी दिनुभयो । जिल्लाका सम्पूर्ण सनातन धर्मावलम्बीहरुलाई भोली ११ बजे हुने बृहत धार्मिक जनभेलामा हिन्दु जागरण नेपालका केन्द्रिय अध्यक्ष पण्डित शिरोमणि श्री राम कृष्ण उपाध्याय आउनुहुने भएकाले हिन्दु जागरण नेपाल अर्घाखाँचीले सम्पूर्ण जिल्लावासिलाई सहभागी हुन आग्रह गरेको छ ।
हिन्दु जागरण नेपाल अर्घाखाँचीले विज्ञप्ती जारी गर्दै धर्म परिवर्तन गर्न ठुलै गिरोह सक्रिय भएको भन्दै समयमै सचेतना अपनाउन पनी आम नागरिकमा अपिल गरेको छ । पत्रकार सम्मेलनमा हिन्दुजागरण अभियान्ता नारायण खनालले सहजीकरण गर्नुभएको हो । कार्यक्रम सहसंयोजक आतिष किरण बिकको सन्चालनमा सम्पन्न भएको हो ।