गौलि पन्थी अध्ययन अनुसन्धान सेवा समाज अर्घाखाँचीको प्रथम बार्षिक साधारणसभा सम्पन्न

 शोभाखर पन्थी
अर्घाखाँची आश्विन १३ । गौलि पन्थी अध्ययन अनुसन्धान सेवा समाज अर्घाखाँचीको प्रथम बार्षिक साधारणसभा सम्पन्न भएको छ ।
कार्यक्रममा मन्तब्य राख्दै कपिलबस्तु जिल्ला क्षेत्र न १ का प्रदेशसभा सदस्य विष्णु पन्थीले विकास र आर्थिक सम्बृद्धिको लागि  एकता बद्धभएर अघिबढ्न सबै पक्षलाई आग्रह गरे । नेपाल बहुजाति ,बहुभाषी, बहुसाँस्कृतिक मुलुक भएको बताउँदै उनले समाज रुपान्तरणमा पन्थी समाजले पु¥याएको योगदानको मूक्त कण्ठले प्रसंसा गरे । अथाह प्राकृतिक साधन र स्रोतको धनि हुँदा हुँदै पनि नेपाली जनता गरिबीकोे रेखामुनी बस्नुपर्ने बाध्यता भएको बताउँदै उनले स्थानीय साधन र स्रोतको परिचालन गरि मुलुक लाई सम्बृद्ध पार्नु पर्ने बताए । सांसद पन्थीले ५ नं. प्रदेशलाई पर्यटकीय स्थलको रुपमा विकास गर्ने गुरुयोजनाका साथ अघि बढेकोमा जोड दिए । 
कार्यक्रममा मन्तव्य राख्दै ५ न प्रदेश सभा सदस्य विमला पन्थीले मानब जातिको सुख र सम्बृद्धिको लागि एकजुट भएर अघि बढ्न पन्थी बन्धुहरुलाई आग्रह गरिन् । मुलुकमा राजनैतिक परिवर्तन भएपनि सामाजिक संस्कार र संस्कृतिमा कुनै अन्तर आउन नसकेको भन्दै उनले बदलिंदो परिस्थिति अनुसार सबै क्षेत्रमा रुपान्तरणकोे खाँचो रहेको बताइन् ।
कार्यक्रममा मन्तब्य राख्दै गौली पन्थी  अध्ययन अनुसन्धान सेवा समाजका केन्द्रिय अध्यक्ष चन्द्रकान्त पन्थीले आफ्नो जाति, भाषा ,धर्म र संस्कृतिको पक्षमा दृढताका साथ उभिन सम्पूर्ण पन्थीहरुलाई आग्रह गरे । पन्थीहरु सधैब राष्ट्रभक्ति र शान्तिको पक्षमा उभिने उनको भनाई रहेको थियो ।
 गौली पन्थी अध्ययन अनुसन्धान सेवा समाजका जिल्ला अध्यक्ष राम प्रसाद पन्थीको अध्यक्षता र कमल पन्थीको संचालनमा सम्पन्न कार्यक्रममा राष्ट्रिय अनुसन्धान कार्यालयका उपअनुसन्धान निर्देशक गोपाल पन्थी, मालारानी गाँउपालिकाका प्रमुख प्रशासकीय अधिकृत जनकराज पन्थी ,जनस्वास्थ्य निरिक्षक हरि पन्थी, पत्रकार महासंघका जिल्ला अध्यक्ष हिम बहादुर जि.सी. लेकाली, पत्रकार महासंघका प्रदेशदस्य शोभाखर पन्थी, गौली पन्थी अध्ययन अनुसन्धान सेवा समाज का उपाध्यक्ष बाबुराम पन्थी लगायतका बक्ताहरुले मन्तब्य राख्दै समाज रुपान्तरणमा पन्थीहरुले पु¥याएको योगदानको प्रसंसा गरेका थिए । कार्यक्रममा सयौ पन्थीहरुको सहभागिता रहेको थियो ।