अर्घाखाँचीमा राष्ट्रिय बाणिज्य बैंकले असोज २१ गते देखि २९ गतेसम्म बडादशैंका नयाँ नोट वितरण गर्ने

सुर्य भुसाल 
सन्धिखर्क, अर्घाखाँची । राष्ट्रिय बाणिज्य बैंक अर्घाखाँची शाखाले यही असौज २१ गतेदेखी नयाँ नोट वितरण गर्ने भएको छ । बडादशैं तथा मुख्य चाडबाडलाई मध्यनजर गर्दै असौज २१ गते देखी २९ गतेसम्म नयाँ नोट वितरण गर्न लागीएको शाखा प्रमुख गोपाल न्यौपानेले जानकारी दिनु भएको छ ।
असौज २१ गते देखी २९ गतेसम्म रु. ५, १०, २० र ५० दरका २-२ प्याकेट तथा रु. १०० को १ प्याकेटका दरले प्रतिव्यक्ती अधिकतम रु. २७०००/- सम्म सटही गर्न सकिने राष्ट्रिय बाणिज्य बैंक अर्घाखाँची शाखाका प्रबन्धक  न्यौपानेले बताउनु  भयो ।
चाडपर्वका बेला अत्याधिक भिडभाड हुने भएकाले सकेसम्म छिटो र छरितो सेवा प्रवाह गर्ने व्यवस्था मिलाउन आफु लागी परेको  प्रबन्धक न्यौपानेले दाबि गर्नु भयो । 
साथै उहाँले नोटमा केरमेट नगर्न तथा अक्षताको रंगबाट जोगाउन समेत अपिल गर्नुभएको छ । मुलुकी संहिताले पनी त्यही अनुसारको कानुन निर्माण गरेकाले नोट जतन गर्न उहाँले आग्रह गर्नुभएको हो । 
नयाँ नोट आवश्यक पर्नेले असौज २१ गते आईतवारदेखी सम्पर्क गर्न सकिने तथा सिधै बैकमा अाउन अाग्रह गर्नु भएको छ  न्यौपाने बैकमा अाएपछि बैकको सरचना मा अामुल परिबर्तन अाएको छ ।