सुर्य भुसाल
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । राष्ट्रिय बाणिज्य बैक लिमिटेडले चार्डपर्ब उत्सब विशेष गाडी कर्जा दिने योजना ल्याएर ग्राहकलाई सेबा दिने भएको छ ।
गाडी कर्जामा ग्राहकहरुको मन जित्न विभिन्न खालका ब्याज दरमा छुट दिने गरि यो योजना ल्याएको बैक अर्घाखाँची शाखा प्रबन्धक गोपाल न्यौपानेले जानकारी दिनु भयो ।
गाडी कर्जामा बैकले ७ बर्षमा भुक्तानी गर्ने गरि १0 प्रतिशत ब्याजदरमा कर्जा दिन लागेको हो ।
बैकमा पुगेपछि १ हप्तामा कर्जाको काम सकिने गरि काम शुरु गरिएको यो कर्जा कात्तिक मसान्तसम्म मात्र रहने प्रबन्धक न्यौपानेले जानकारी दिनुभयो ।