सुर्य भुसाल
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम ) । अर्घाखाँची जिल्लाको भुमिकास्थान नगरपालिका ढाकावाङमा जन्मिएर सन्धिखर्क नगरपालिका वार्ड नम्बर १ निबासी कबिराम खनाल निर्माण व्यवसायी सँगसँगै अहिले राजनीति तथा सामाजिक काममा सक्रिय बनेर अगाडि बढेका छन ।
गत स्थानिय चुनाबमा नेपाली काङ्ग्रेस र तत्कालीन माअोबादी चुनावी तालमेलमा जाँदा पनि एमालेको गढभनेर चिनिने सो ठाउँबाट राष्ट्रिय जनमोर्चाको तर्फबाट चुनाब लडेका खनालले दुई पार्टिको तालमेललाई समेत ढक्का दिदै झिनो मतले हार ब्योहोरेका कवि खनालले सो ठाउँमा नेकपाका नेता पिताम्बर भुसाललाई सयौं मतले जित्न सफल भएका ब्यक्ति हुन ।
खनाल सामाजिक राजनीति दुबै क्षेत्रमा चर्चित छन, सामाजिक संघ संस्था युवा क्लबहरु लगाएत जिल्लाका दर्जनौं संघ संस्थामा क्रियासिल छन ।खनाललाई गाउँका जनताहरुले निकै बिस्वास गर्ने गर्दछन । देख्दा सरल स्वभावका देखिने खनाल हसिला रसिला सहयोगी हातका धनी हुन । उनी अहिले राष्ट्रिय जनमोर्चाका जल्दाबल्दा युवा नेता भए पनि स्थानिय चुनाबको मत हेर्दा भुभिकास्थान नगरपालिकामा जनमोर्चाको मत भन्दा अन्यपार्टिको ४० प्रतिसत मत ल्याउन लोकप्रियता कमाएका नेता हुन ।
चुनाब हारेपनि अर्घाखाँचीमा उनको जति पपुलर भोट अन्य जित्ने नेताहरूको सम्म नदेखिने राजनीति बिष्लेशकहरुको बुझाई छ । सामाजिक संघ संस्थामा पनि कवि खनालको व्यापक खोजि हुने गर्छ । अहिले पनि भुनपाका जनताले अप्ठ्यारो पर्दा उनलाई खोज्ने गर्दछन ।