नेपाली सेनाको श्री रामवाण गुल्म अर्घाखाँची नियमित सरसफाई कार्यमा
आश्विन १६ गते, २०७५ मा प्रकाशित
प्रेम खड्का
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सन्धिखर्क लगायतका ठाउँहरुमा नेपाली सेनाको श्री रामवाण गुल्म अर्घाखाँचीले नियमित सरसफाई कार्य गर्दै आएको छ ।
नेपाली सेनाको श्री रामवाण गुल्म अर्घाखाँचीले हरेक दिन बिहान परेडमा आएको बेला जिल्लामा सरसफाई, निर्माण, स्वास्थ्य लगायतका हरेक प्रकारका सामाजिक कार्यमा सहयोग गर्दै आएको हो । मंगलवार पनि सेनाले सन्धिखर्कको शान्ती बगैचामा सरसफाई गरेको थियो ।
सेनाले सन्धिखर्कका मन्दिर, सार्वनजिक क्षेत्रहरुमा नियमित सरसफाई लगायतका कार्य गर्दै आएको छ । गुल्मपति निरज भण्डारीको कमाण्डमा सेनाले जिल्लाका विभिन्न ठाउँहरुमा कुनै न कुनै सामाजिक कार्य गर्दै आएको छ ।
यस्तै नेपाली सेनाको श्री रामवाण गुल्म अर्घाखाँचीले जिल्लाका विभिन्न ठाउँहरुमा स्वास्थ्य शिविर समेत संचालन गर्दै आएको देखिन्छ ।