अर्घाखाँचीभरको सुरक्षा व्यवस्था पुर्णरुपमा मजबुद

सुर्य भुसाल  
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाका प्रमुख जिल्ला अधिकारी खिमराज भुसालले शान्ति सुरक्षा जिल्ला भर पुर्णरुपमा मजबुद बनाएको बताउनु भएको छ ।
उहाले चाडपर्वका बेला जनताको सुरक्षाका लागि जिल्ला भरका सबै ठाउँहरुमा सुरक्षा ब्यबस्था मजबुत बनाईएको र जिल्लामा हुने अनियमितता भष्टचार रोक्नु अाफ्नो पहिलो कर्तव्य भएको बताउनु भएको छ  । उहाले जनताको काम छिटो छरितो गर्न कार्यालय प्रमुख लगाएतका कर्मचारीहरुलाई निर्देशन दिएको र जनताको गुनासो अाउने खालका काम गरे अाफुले कसैलाई पनि छुट नदिने बताउनु भएको हो ।
प्रजिअ भुसालले बजार अनुगमनलाई तिब्र पारेको बताउदै बजारमा ब्यापारीहरुलाई मूल्य सुची राख्न निर्देशन दिएको बताउदै अाफुहरुको अभियानमा साथ दिन उधोग बाणिज्य संघ, चेम्बर अफ कमर्स सन्चारकर्मि सबैलाई अाग्रह गर्नु भयो   । उहाले  सरकारी सबारी साधनहरु दुरुपयोग भएको गुनासोहरु अाएकोले त्यसको रोकथामका लागि अाफुले प्रहरीलाई निर्देशन दिएको बताउदै बिदाको बेला प्रसाशनको पास नलिएका सरकारी सबारी साधन प्रहरीले नियन्त्रणमा लिने बताउनु भयो । 
राज्यको सम्पति संरक्षण गर्नु अाफुहरुको दायित्व भएको बताउदै अनियमितता ढिलासुस्ती गर्ने  जो कहिका बारेमा अाफुलाई खबर गर्न अाग्रह गर्नु भयो। चार्डपर्बका बेला प्रहरीले जताततै सुरक्षा चेकजाँचलाई कडाइ गरेको बताउदै  कुनै पनि खालको  अबैध ब्यापार भैंसी तस्करी गाईगोरु तस्करी तथा अन्य कुनै पनि खालका तस्करी हुन नदिन अाफुहरु सचेत रहेको दावी गर्नु भयो  । 
प्रजिअ भुसाल अर्घाखाँची अाएपछि धेरै राम्रो काम गर्न सफल भएको यहाँका  स्थानियहरुको बुझाई छ ।