गोपाल प्रसाद भट्टराई
ढाकावाङ्ग, अर्घाखाँची । अखिल नेपाल जनजाती सम्मेलनका पूर्व जिल्ला अध्यक्ष जित बहादुर रानाको स्मृतिमा ५० हजारको अक्षयकोषको स्थापना गरिएको छ ।
राष्ट्रिय जनमोर्चा निकटको जनजाती सम्मेलनका पूर्व वैकल्पिक सदस्य समेत रहनुभएका रानाको स्मृतिमा जनजाती सम्मेलन केन्द्रिय समितिको आयोजनामा देउराली आधारभुत विद्यालय भुमिकास्थान १ ढाकावाङ्गमा जित बहादुर राना स्मृति अक्षयकोष स्थापना गरिएको हो । २००६ सालमा ढाकावाङ्गमा जन्म लिई आफ्नो जिवनको अधिकांश समय राजनिति तथा सामाजिक सेवामा खर्चिनु भएका स्वर्गिय जित बहादुर राना २०४९ सालको स्थानिय निर्वाचनमा ढाकावाङ्ग ६ बाट निर्बाचित भई समाज र जनताको सेवा गर्नुभएको थियो ।
केही समय शिक्षण पेशा समेत गर्नुभएका रानाले गाउंको शिक्षाको विकासमा ठुलो योगदान पु¥यानुभएको,स्थानिय देउराली आधारभुत विद्यालयमा ५ बर्ष सम्म ब्यबस्थापन समितिको अध्यक्ष भइ सेवा गर्नुभएको स्थानियले बताएका छन् ।
राजनिति संगै शिक्षाको विकासमा अहोरात्र खटेको मुल्याकंन गरि अखिल नेपाल जनजाती सम्मेलनको केन्द्रिय समितिले अक्षयकोष स्थापना गर्ने निर्णय गरे अनुसार प्रत्येक बर्ष बार्षिक परिक्षा प्रकाशनको दिन गरिब,जेहेन्दार तथा शारिरिक अपाङ्गता भएका विद्यार्थीहरुलाई छात्रवृति बितरण गर्ने गरि अक्षयकोषको स्थापना गरिएको सम्मेलनकी केन्द्रिय सदस्य उषा पुनले जानकारी दिनुभएको छ ।
विद्यालयमा सम्पन्न एक कार्यक्रमका बिच जनजाती सम्मेलनको तर्फबाट केन्द्रिय महासचिव राम बहादुर बुढा,कोषाध्यक्ष लाल बहादुर राना,सदस्य उषा पुन र विद्यालयको तर्फबाट वडा अध्यक्ष भोजराज खनाल,वि ब्य स अध्यक्ष बिम बहादुर घ.म.,प्रध्यान्ध्यापक उमाकान्त खनालले अक्षयकोष स्थापनाको निम्ती सम्झौता गर्नुभएको छ ।