सन्धिखर्कमा त्रिबेणी बचत तथा ऋृण सहकारी संस्था लिमिटेड चुत्राबेसीको सातौं बार्षिक साधारण सभा सम्पन्न

श्याम घिमिरे 
असोज, २० अर्घाखाँची – सन्धिखर्क नगरपालीका प्रमुख कमल प्रसाद भुसालले सहकारीको बिकासका लागी डिपिआर तयार गरेर अगाडी बढ्नुपर्ने बताउनु भएको छ । मस्तिष्कमा समझदारी ,काधँमा जिम्मेवारी, हृदयमा ईमान्दारी भन्ने मुल नाराका साथ सनिबार सदरमुकाम सन्धिखर्कमा सम्पन्न त्रिबेणी बचत तथा ऋृण सहकारी संस्था लिमिटेड सन्धिखर्क २ चुत्राबेसीको सातौं बार्षिक सधारण सभाको उद्घाटन गर्दे प्रमुख भुसालले यस्तो कुरा बताउनु भएको हो ।
सहकारीको माध्यमबाट बेरोजगार युबाहरुलाई कसरी रोजगार दिलाउन सकिन्छ भन्ने बिषयमा ब्यापक छलफलगरी योजना बनाएर अगाडी बढेमा सहकारीको ब्यापकता अझ बढ्ने भन्दै प्रमुख भुसालले स्थानिय स्तरमा उपलब्धहुने स्रोत साधनको प्रयोगगरी जिल्लालाई उत्पादन मुखी बनाउनुपर्नेमा जोड समेत दिनुभयो ।
कार्यक्रममा भुमिकास्थान नगरपालीका प्रमुख रेशम थापा, सन्धिखर्क वाडनम्बर २ का वडाअध्यक्ष मोतिजंग रायमाझी, जिल्ला बचत तथा ऋृण सहकारी संस्था लिमिटेडका अध्यक्ष प्रकास भुसाल, नेपाल पत्रकार महासंघका उपाध्यक्ष गणेश खनाल लगायतले कार्यक्रम सफलताको शुभकामना दिदै सहकारीले गरेको कामप्रती सम्मान एवं प्रशम्सा ब्यक्त गर्नु भयो ।
कार्यक्रममा सन्चालक समिति अध्यक्ष चन्द्रप्रसाद बन्जाडे, शिक्षा उपसमिति संयोजक कमलप्रसाद घिमिरे, लेखा समिति संयोजक जिबनारायण खनाल, महिला बिकास समिति सदस्य बसन्ता पौडेल र कार्यकारी प्रमुख तुल्सीराम खनालले बार्षिक प्रगति प्रतिबेदन प्रस्तुत गर्नु भएको हो ।
यस्तै संस्थाले सामुदायीक र संस्थागत बिद्यालय बाट गत सालको एसईई परीक्षामा उत्कृष्ट नम्बर ल्याउने २÷२ जना शेयर सदस्यका छोराछोरी,संस्था संग आबद्ध रहेका जेष्ठनागरीक, संस्थालाई सहयोग गर्ने सहयोग दाता,कर्मचारी र सन्चारकर्मीहरुलाई नगद प्रमाणपत्र र दोसल्ला ओढाई सम्मान गरेको छ ।
कार्यक्रम संस्थाका अध्यक्ष चन्द्रप्रसाद बन्जाडेको अध्यक्षता कोषाध्यक्ष मधु बन्जाडेको स्वागत मन्तब्य र सचिब उत्तममणी मिश्रको सन्चालनमा सम्पन्न भएको हो । २०६८ सालमा स्थापित संस्थामा हाल करीब ७ सय भन्दा बढी शेयर सदस्यहरु आबद्ध रहेको सहकारीले जनाएको छ ।