अर्घाखाँचीमा धर्म परिबर्तन गर्न गाउँ गाउँमा अाउनेलाई लखेटन्न समाजसेवी खनालको अाग्रह

सुर्य भुसाल
सन्धिखर्क । हिन्दु जागरण नेपालका अभियान्ता   वरिष्ठ धार्मिक समाजसेवी नारायण  खनालले धर्म परिबर्तन गर्न गाउँ गाउँमा अाउनेलाई लखेटन्न अाग्रह गर्नु भएको छ ।
उहाले हिन्दु धर्म हिन्दुहरुको भगबान भएको बताउदै यसको सम्रक्षण गर्नु सबै हिन्दु धर्मावलम्बीहरुको मुख्य दायित्व भएको बताउनु भएको छ । उहाले गाउँ गाउँमा अहिले अार्थिक पर्लोभन देखाउने र धर्म परिबर्तन गराउने केही तत्बहरु सक्रिय रहेको बताउदै त्यस्ता खालका धर्म परिबर्तन गराउनेहरु गाउँ गाउँमा छिरे प्रहरी प्रसासनलाई खबर गर्न जिल्लाबासीलाई अाग्रह गर्नु भयो ।
धर्म परिबर्तन गर्नु र गराउनु माहा अपराध भएको बताउदै हिन्दी राज्यको मुलुकमा अब बिकल्प नभएको बताउनु भयो । जिल्लाका वरिष्ठ पत्रकारहरुसग कुराकानी गर्दै उहाले ९५ प्रतिशत हिन्दु भएको मुलुकमा धर्मका  लागि अाफुहरु गाउँ बस्ति बस्ति टोलटोलमा पुगेर हिन्दु धर्मको सरक्षण गर्ने बताउनु भयो ।
हिन्दु जागरण अभियानले केहिदिन पहिला अायोजना गरेको सभामा अर्घाखाँचीका हजारौं हिन्दु धर्मावलम्बीहरु सहभागी हुनुले पनि अर्घाखाँची जिल्ला हिन्दुहरुको पक्षमा उनान्सय प्रतिसत हिन्दु जिल्ला भएको पुष्टि भएको बताउनु भयो । 
अर्घाखाँचीमा हिन्दु धर्मको साथै निकै धार्मिक सहयोगी तथा सामाजिक अभियान्तको रुपमा चर्चित खनाल अर्घाखाँचीका सबैभन्दा बढि धार्मिक क्षेत्रमा लगानि गर्ने सामाजिक अभियान ता हुन ।
खनालको नेतृत्वमा अर्घाखाँची जिल्लाको चुत्राबेसिमा स्पटिक सिबलिग भएको मुर्ति सहित करोडौं लगानि गरि सिद्देश्वर सिबालय मन्दिर निर्माण धर्मशाला निर्माण गर्ने नरपानिमा गौशाला निर्माण गर्ने अर्घाखाँचीका ईमानदार सत्यमा बिश्वास गर्ने नारायण खनाल चर्चित वरिष्ठ धार्मिक ब्यक्ति हुन ।
खनालले धार्मिक क्षेत्रमा दुई करोड भन्दा बढि लगानि गर्ने युवा ब्यक्ति हुन ।