भगवतीमा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न, जनताको सेवामा कुनै कसुर बाँकी नराख्ने वडाध्यक्षको प्रतिबद्धता

अर्घाखाँचीडट्कम
असोज २२, । अर्घाखाँची छत्रदेब गाउँपालिका ७ भगवतिको सार्वजनिक सुनुवाई आज सम्पन्न भएको छ । पारष्परिक जवाफदेहिता परियोजना अन्र्तगत एकीकृत ग्रामीण विकास समाज अर्घाखाँचीको सहजीकरणमा तथा वडा कार्यालयको आयोजनामा आर्थिक वर्ष २०७४÷०७५ मा सम्पन्न गरिएका कार्यक्रमहरुको बारेमा सार्वजनिक सुनुवाई सम्पन्न गरिएको हो । 
सार्वजनिक सुनुवाईमा गत आर्थिक वर्षमा वडा कार्यालयले बिनियोजन गरेको बजेट, सम्पन्न कार्यक्रम र उपलब्धीको बारेमा जानकारीगराइएको थियो । कार्यक्रममा उठेका सवालहरुमाथि वडाध्यक्ष शोभाखर पाण्डेले जवाफ दिनुुभएको थियो । वडाध्यक्ष पाण्डेले वडाकार्यलयले उठेका प्रश्नहरुको जवाफ दिदै वडा कार्यालयले जनताको सेवाको निम्ती कुनै कसुर बाँकी नराखेको बताउनुुभयो । उहाँले सिमित बजेटले सबैमा आवश्यकता सम्बोधन गर्न एकै पटक नसकिने भएकाले क्रमश प्राथमिकताको आधारमा कामहरु गरिदै आएको बताउनुुभयो ।       
कार्यक्रममा वडा सदस्य गोपाल प्रसाद मरासिनी, सरस्वति माबिका प्राचार्य ठाकुर प्रसाद पाण्डे, जनकल्याण माबिका प्राचार्य कबिराम अधिकारी, स्वास्श्य चौकी इन्चार्ज स्वास्थ्य चौकी इन्चार्ज कमल प्रसाद पाण्डे, कृषि प्राबिधिक प्रकास घिमीरे, पत्रकार दिपेन्द्र श्रेष्ठ लगायतको आथित्यता रहेको थियो । कार्यक्रममा स्थानीय रघु श्रेष्ठ, फर्सुराम न्यौपाने, बिष्णुप्रसाद न्यौपाने, जंगबहादुर परियार, धर्मराज पाण्डे, भोलानाथ पाण्डे, भिमकला पाण्डे, घनश्याम पाण्डे लगायत वडा कार्यलयले सम्पन्न गरेको योजना तथा कार्यक्रमहरुमाथि टिका टिप्पणी गर्नुभएको थियो । 
कार्यक्रम वडाध्यक्ष शोभाखर पाण्डेको अध्यक्षता, पारष्परिक जवाफदेहिता परियोजनका बसन्त श्रेष्ठको सहजीकरणमा सम्पन्न भएको थियो ।