सन्धिखर्कमा अस्थायी तथा करार कर्मचारीहरुलाई स्वतःस्थायी र समायोजन गर्न माग गर्दे प्रधानमन्त्रीलाई ज्ञापनपत्र

श्याम घिमिरे 
असोज २२ अर्घाखाँची :  लामो समय देखी बिभिन्न कार्यालयमा कार्यरत अस्थायी तथा करार कर्मचारीहरुलाई सुरु नियुक्ति मिति देखी लागुहुने गरी प्रकृया मिलाई स्थायी गरीनुपर्ने, जिल्ला स्थीत खारेज भएका कार्यालयहरुका करार अस्थायी कर्मचारीलाई बिभिन्न कार्यालय अन्र्तगत समायोजन गरीनुपर्ने लगायतका बिभिन्न मागहरु राखी करार अस्थायी हकहित संघर्ष समिति अर्घाखाँचीले आज सदरमुकाम सन्धिखर्क शान्ति बगैचाबाट शान्तिपुर्ण र्र्याली सहीत प्रमुख जिल्ला अधिकारी खिमराज भुसाल मार्फत प्रधानमन्त्री कार्यालयलाई ज्ञापनपत्र पठाएको छ ।
जिबनको उर्बर एवं सिर्जनशिल समयलाई राष्ट्रसेवाको काममा ब्यतित गरिएको भन्दै सरकारले बिभिन्न बाहनामा आफुहरुलाई पछील्लो समय उपेक्षा गर्नलागेको जनाउदै ज्ञापनपत्र बुझाईएको समितिका अध्यक्ष सुदिप जिसीले बताउनुभयो । 
ज्ञापनपत्र बुझदै प्रमुख जिल्ला अधिकारी भुसालले कर्मचारीका जाहेज मागहरुलाई राज्यले सम्बोधन गर्नु पर्ने बताउनु भयो । देशभर हालसम्म करीब ३२ हजार करार तथा अस्थायी कर्मचारी कार्यरत रहेका छन ।