अर्घाखाँचीमा ६३अाैं प्रहरी दिवस मनाइयो (तस्बिर भिडियो सहित)

प्रेम खड्का
सन्धिखर्क, अर्घाखाँची । ६३अाैं प्रहरी दिवस जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले भब्य समाराेहकाे अायाेजना गरि सन्धिखर्कमा मनाएको छ ।

प्रहरी दिबसको अबसरमा जिल्ला प्रहरी कार्यालय परिषरमा बृक्षा रोपण , सदरमुकामका बिभिन्न स्थानमा सरसफाई र सप्ताह व्यापी रुपमा खेलकुद समेत आयोजना गरिएको थियो ।प्रमुख जिल्ला अधिकारी खिमराज भुसालले त्यस अवसरमा  सुरक्षा निकायहरु बिच सुमधुर सम्बन्ध भएकोले अापराधिक घटनाहरु समयमै खोजी गर्न सहयोग पुगेको र जिल्लामा कुनै मुद्धामा प्रहरी असफल भयो भन्ने गुनासाे नभएको  बताए ।

“समाजकाे चाैतारि छ राष्ट्रकाे छहारी,नागरिक सुरक्षा नै हाम्राे जिम्मेवारी “भन्ने मुल नाराका साथ सम्पन्न कार्यक्रममा अमर प्रहरीका परिवारजन र अशक्त प्रहरीहरू लाई सम्मान ,अमर प्रहरी स्मारकमा पुस्पहार अर्पण ,कार्यालय परिसरमा वृक्षाराेपण,सरसफाई आयोजना गरिएको थियो ।

पत्रकार, धारापानी चाैकिका जग्गा दाताहरू, सेफ हाउस ब्यवस्थापक सुन्तली श्रेष्ठलाई लगायत दिवसकाे उपलक्ष्यमा सन्चालित बिभिन्न, खेलकूद प्रतियोगिताका बिजेता खेलाडिहरू समेत नगद पुरस्कार सहित सम्मानित गरिएको थियो । चाड पर्बको बेला जिल्लामा शान्ति सुरक्षा कायम गर्न नेपाल प्रहरी निरन्तर लागि परेको जिल्ला प्रहरी कार्यालयका प्रमुख नबराज मल्ले बताए । प्रहरीलाई जग्गा उपलब्ध गराई प्रहरी चौकि निर्माण गर्न सहयोग गर्ने जग्गा दाताहरुलाई समेत सम्मान गरिएको छ ।
कार्यक्रममा नेकपा प्रतिनिधि पिताम्बर भुसाल,नेपाली काँग्रेसका सभापति बिष्णुप्रसाद खनाल मुस्कान,राजमो प्रतिनिधि गोबिन्द बिसी,सामुदायीक प्रहरी सेबाकेन्द्रका उपाध्यक्ष बिधान रायमाझी,अन्तरपार्टी महिला सन्जालकी अध्यक्ष छमकुमारी खनाल,अर्घाखाँची उद्योग बाणीज्य संघका अध्यक्ष युबराज श्रेष्ठ,पत्रकार महासंघका अध्यक्ष हिमबहादुर जिसी,पुर्ब प्रहरी डिलाराम पाण्डे लगायतले शुभकामना मनतब्य राखेका थिए ।
कार्यक्रम अर्घाखाँचीका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक नबराज मल्लको अध्यक्षता प्रहरी निरीक्षक खिमबहादुर घमको स्वागत मनतब्य र प्रहरी निरीक्षक गम्भीरजंग थापाको सन्चालनमा सम्पन्न भएको हो ।