अर्घाखाँचीमा शान्ती सुरक्षा र अमन चयनमा सफल भन्दै प्रहरी प्रसंसा

शोभाखर पन्थी
अर्घाखाँची असौज २५  । जिल्लाको शान्ती सुरक्षा र अमन चयनमा प्रहरीले पु-याएको योगदान निक्कै प्रसंसनीय भएको भन्दै एककार्यक्रमका सहभागि बक्ताहरुले मुक्त कण्ठले प्रसंसा गरेका छन् । 

६३ औं प्रहरी दिवसको अबसरमा आयोजित कार्यक्रममा मन्तव्य राख्ने बक्ताहरुले अहोरात्र खटेर प्रहरीले जनताको सेबामा आफूलाई समर्पित गरेको प्रति प्रसन्नता व्यक्त गर्दै प्रहरीको उच्च छबिलाई कायम राखि रहन आग्रह समेत गरे ।
कार्यक्रममा मन्तव्य राख्दै प्रमुख जिल्ला अधिकारी खिमराज भुसालले मानव अधिकार र मौलिक अधिकारको रक्षाको लागि प्रहरी सधैब तत्पर रहने बताए । जिल्लामा अपराध अनुसन्धान र अमनचयन कायम गर्न प्रहरी सफल रहेको उनको दाबी थियो ।
 कार्यक्रममा मन्तव्य राख्दै नेपाल कम्युनिष्ट पार्टीका नेता पिताम्बर भुसालले अर्घाखाँची प्रहरी लाई जनताले दुःखको साथीको रुपमा लिएको बताए । जिल्लामा प्रहरीले पु¥याएको योगदान निक्कै प्रसंसनीय र सिको गर्न योग्य रहेको उनको भनाई थियो ।
नेपाली कांग्रेसका जिल्ला सभापति बिष्णु प्रसाद खनाल मुस्कानले शान्ती सुरक्षा र अमन चयनमा नेपाको प्रहरी संसारमै उत्कृष्ट रहेको बताए ।प्रहरी नायब उपरीक्षक नबराज मल्लले देश र जनताको सेबामा सधै समर्पित हुने दृढता व्यक्त गर्दै आफुहरुको सफलतामा जिल्ला बासीको ठूलो योगदान रहेको बताए । प्रहरीले जस्तोसुकै मुल्य चुकाएर पनि नजता लाई सधैब खुसी राख्ने  उनको भनाई थियो ।
प्रहरी निरीक्षक गंभिरजङ्ग थापाको संचालनमा सम्पन्न कार्यक्रममा राष्ट्रिय जनकोर्चाका उपाध्यक्ष गोबिन्द बि.सी.सामुदायीक प्रहरी सेबाकेन्द्रका तोजबहादुर रायमाझी,अन्तरपार्टी महिला सञ्जालका अध्यक्ष छमकुमारी खनाल चिनारी,उद्योग बाणिज्य संघका अध्यक्ष युबराज श्रेष्ठ, पत्रकार महासंघका अध्यक्ष हिमबहादुर जि.सी.लेकाली लगायतका बक्ताले मन्तव्य राख्दै प्रहरीको कामको प्रसंसा गरे ।
कार्यक्रममा संचारको क्षेत्रमा योगदान पु-याउने पत्रकार घनश्याम पौडेल,नबिन के.सी.,श्यामप्रसाद घिमीरे,अनिल नेपाली,सरिता भुसाललाई प्रसंसापत्रले सम्मान गरिएको थियो । साथै उत्कृष्ठ कामगर्ने प्रहरी जवान,बिभिन्न खेलकुदमा बिजयी खेलाडी लाई नगद र प्रसंसा पत्रबाट सम्मान गरिएको थियो ।