प्रेम खड्का
सन्धिखर्क,अर्घाखाँची (अर्घाखाँची डट्कम) सन्धिखर्क नगरपालिका १० साविकको अर्घाका विभिन्न स्थानमा गाँजाखेति भेटीएपछी जिल्ला प्रहरी कार्यालय अर्घाखाँचिले आज नष्ट गरेको छ ।
स्थानीयवासीहरुको एक गोप्य सुचनाको आधारमा अर्घाका ८/९ वटा घरमा लगाएको लगभग एक गाडि गाँजा खेतिलाइ फडान गरि जिल्ला प्रहरि कार्यलयमा ल्याई जलाईएको हो ।
जिल्लामा अहिले गाजा फडानीमा प्रहरीले तदारुकता देखाएको छ । सुत्रका अनुसार गाजा बुटवल ,काठमाडौँ लगायतका बजारमा ३ हजार देखी ५ हजार रुपैयाँ प्रती किलोको हिसावले विक्री गरेको जनाईएको छ ।
स्थानिय वासिहरुले प्रहरीको यो कार्य सहरानिय भएको र यस्ता कार्य देशै भर लागु गर्नु पर्नेमा बुद्धिजीवीहरुले सुझाएका छन ।