अर्घाखाँचीमा बडादशैँको लागि सुरक्षा ब्यबस्था कडा

सुर्य भुसाल 
सन्धिखर्क, अर्घाखाँची । अर्घाखाँची जिल्लाका प्रहरी नायब उपरीक्षक नबराज मल्लले शान्ति सुरक्षा जिल्ला भर पुर्णरुपमा मजबुद बनाएको बताउनु भएको छ । 
रेडियो देउराली १०१ मेगाहर्जको कार्यक्रम देउराली बहसमा बिहिवार कुराकानी गर्दै मल्लले  चाडपर्व का बेला जनताको सुरक्षाका लागि जिल्ला भरका सबै ठाउहरुमा सुरक्षा ब्यबस्था कडा पारिएको बताउनु भएको हो ।
जनताको जिउधनको सुरक्षा गर्नु प्रहरिको दायित्व भएको बताउदै जिल्ला को सुरक्षा अहिले मजबुत भएको बताउनु भएको हो ।उहाले चार्डपर्ब का बेला नेपाल प्रहरिले सादा पोसाकका प्रहरी समेत जताततै परिचालन गरेको बताउनु भयो । 
६ वटा पालिका हरु तथा बाहिर जिल्ला बाट अाउने नाका तथा जिल्ला भर  चार्डपर्बका बेला प्रहरिले जताततै सुरक्षा चेकजाँच लाई कडाइ गरेको बताउदै  कुनै पनि खालको  अबैध ब्यापार भैंसी तस्करी गाईगोरु तस्करि तथा अन्य कुनै पनि खालका तस्करि हुन नदिन प्रहरी सचेत रहेको बताउनु भएको हो ।
उहाले  चार्डबार्ड का  नाममा हुने बिकृर्ति जस्ता जुवा तास चोरि तस्करि  पुणरुपमा अन्तय गरिने बताउदै त्यस्ता व्यापार गर्ने हरु लाई अाफुले कुनै हालतमा छुट नदिने बताउनु भएको हो । मल्लले अाफु अर्घाखाँची अाएपछि त्यस्ता खालका गतिविधि भएको अाफुले जानकारी नपाएको बताउदै त्यसता गतिविधि भएको थाहा पाए अाफुलाई अाफुलाई खबर गर्न अाग्रह गर्नु भयो ।