डिआरजी सुमन
अर्घाखाँची,असोज १ विहीवार,पाणिनि गाउपालिकाले दुर्गाफाटमा आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रम लाई सम्बोधन गर्दै प्रतिनिधी सभा सदस्य रायमाझीले जिल्ला को बिकासका लागि आफुले केन्द्रीय सरकार र प्रदेश सरकार सग धेरै योजनाहरु ल्याउनका लागि पहल गरेको बताउनु भयो । नेकपाका नेता तथा पुर्ब उपप्रधानमन्त्री समेत रहेका टोपबहादुर रायमाझीले अर्घाखाँची जिल्ला को बिकासका निम्ति सबै एकजुट भएर अगाडि बढनु पर्ने बताउनु भएको छ । मन्तव्य कै क्रममा पाणिनीको बृहत्तर बिकासको निम्ति मास्टर प्लान्ट बनाउनु पर्नेमा जोड़ दिदै जिल्लाको बिकासका लागी बजेट पार्न मन्त्रालय धाउदा लपस्तरो वा सडक छाप बन्न पनि आफू तैयार भएको बिचार रायमाझीले व्यक्त गरेका थिए । उहाले पाणिनि तपोभुमिको बिकास गर्न आफुले पहिला देखि नै पहल गरेको बताउदै तीन तहका सरकार मिलेर जिल्लामा कायपलट गरिने बताउनु भयो । कार्यक्रममा प्रदेश सासद रामजी प्रसाद घिमिरेले आफुहरुको पहलमा धेरै ठुला बिकासका योजनाहरु जिल्लामा भित्र्याउन लागेको दाबी गर्नु भयो । उहाँले स्थानिय सरकार प्रदेश सरकार केन्द्रीय सरकार मिलेर बिकासका लागि हातेमालो गरेर अगाडि बढनु पर्नेमा जोड दिनु भयो । कार्यक्रममा जिल्ला समन्वय समिति का प्रमुख पिताम्वर सर्माले बिकासका कामहरु प्रभाबकारि बनाउन सबै ले अनुगमन लाई तिब्र पार्नु पर्नेमा जोड दिनु भयो ।
कार्यक्रममा एक दर्जन अथितीलाई पाणिनी गाउपालीकामा रहेका विभिन्न धार्मिक तथा पर्यटकीय क्षेत्र अंकित मायाको चीनो प्रदान गर्दै आगामी वर्षदेखी द्वादशीको दिन कार्यक्रम आयोजना गरिने भएको हुदा सवैले यो मिती लेखेर राख्न अच्युत गौतमले सवैलाई आग्रह गरेका थिए ।
राष्ट्रीय योजना आयोगका सह सचिव खुमराज कोईराला, नेकपाका नेता जिबनारायण कोईराला नेपाली काङ्ग्रेसका नेता बिस्नु प्रसाद भुसाल, नेता कुटमदिन अलि प्रेमनारायण गैरे स्रोत व्याक्ति यादब घिमिरे स्थानिय विभिन्न पार्टिका नेता, पाणीनी गाउपालिका वडा अध्यक्षहरु शालिकराम भट्टराई,नेत्र प्रसाद भट्टराई,देवी वहादुर क्षेत्री,स्थानेश्वर घिमिरे,जीवलाल घिमिरे,सुभ वहादुर शारु,गुनाखर अधिकारी,मीनराज आत्रेय सहित वार्ड सदस्य कार्यपालिका का सदस्य हरु,प्रहरी चौकी खिदिमका