पाणिनी गाउंँपालिका भर्तापुरमा सराय नाच सम्पन्न


प्रदिप सूर्यवंशी

भर्तापुर ,अर्घाखाँची (अर्घाखाँची डट्कम) अर्घाखाँची जिल्ला पाणिनी गाउपालिका ५ भर्तापुर चेनडाडामा रहेको आलम देवी मन्दिरमा सराय नाच तथा पुजाआजा सम्पन्न भएको छ ।

प्रत्येक वर्षहरुको विजया दशामी अर्थात वडा दशैको द्वादशी तिथिको दिन गरिने यो नाँचमा पन्चेवाजाको साथमा पन्चगोली र मेड़ों ल्याउने चलन रहेको छ । 

भर्तापुर चेनडाडा स्थित रहेको विगतको बर्षमा यस क्षेत्र कै ऐतिहासिक मन्दिरमा मानिने यो मन्दिरमा यस मन्दिरमा लामो समय देखी पुजा अर्चना गर्दै आउनु भएका पुजारी डासुराम बेल्बासेले जानकारी दिनु भयो ।

पाणिनी गाउपालिका ५ भर्तापुर स्थित यसबर्ष १५०० भक्तजनहरुले दर्शन गरेको मन्दिर व्यावस्थापनका अध्दक्ष नेत्र बहादुर गाहाले जानकारी दिनुभएको छ। र यस मन्दिरमा दर्जनौ जनाले पशुवलि चदाएका थिए। यस मन्दिरमा पाल्पा,अर्घाखाँची,,कपिलवस्तु,रुपन्देहि­, जिल्लाको दर्शालु आएका थिए। र स्वतंत्र पत्रकार जिल्ला सदस्य प्रदिप सूर्यवंशी को पनि उपस्थित रहेको थियो।

बि.स.२०५६ मा निर्माण गरिएको यो मन्दिरमा पौवा निर्माण गर्न नसकिएको र यस विषयमा सरोकारवालाले ध्यान दिन नसकेको अवस्थामा पुजापाठ गर्न र मन्दिर व्यावस्थापनका सामग्री राख्न समेत असुविधा रहेको गुनासो पुजारी डासुराम बेलवासेको गुनासो रहेको छ ।

हिन्दू सांस्कृतिक परम्पराको जगेर्ना गर्न तथा सबै समुदायबिच धार्मिक सद्भाव कायम गरी भाइचारा विस्तार मन्दिरमा वृहत सराय जात्रा र फूलपाती विसर्जन गरि यस वर्षको बडा दशै बिदाई गरिएको थियो।

तस्बिर- प्रदिप सुर्यबंशी (अर्घाखाँची डट्कम)