प्रेमनारायण आचार्य
वाङ्ला, अर्घाखाँची । अर्घाखाँचीको सन्धिखर्क नगरपालिका वाड नम्वर ४ वाङ्लामा मानसिक सन्तुलन गुमाएका ब्यक्तिलाइ बन्धक बनाएर राख्ने २ जना छिमेकी पक्राउ परेका छन ।
सन्धिखर्क नगरपालिका वडा नम्बर ४ वाङ्ला आमडाँडामा विजया दशमीको दिन मानसिक सन्तुलन ठिक नभएका नारायण खत्रीलाई रसीले बाधेर आगनमा रातभरी छाडिदिने छिमेकी शुसिला नेपाली र उनका श्रीमानलाइ पक्राउ गरिएको जिल्ला प्रहरी कार्यलयका प्रहरी नायव उपरिक्षक नवराज मल्लले बताउनु भयो ।
खत्रीलाइ ८ घण्टापछि स्थानियहरुले आगनमा बाधिएर पल्टाईएको , अचेत अबस्थामा भेटे पछी स्थानीयले जिल्ला प्रहरी कार्यलय अर्घाखाँचीमा खबर गरेका थिए । तत्काल खबर पाउन साथ प्रहरी निरिक्षक नवराज मल्ल र प्रमुख जिल्ला अधिकारी खिमराज भुसालको पहलमा पिडित नारायण खत्रीलाई उपचारको लागि जिल्ला अस्पताल अर्घाखाँचीमा लगिएको थियो ।
जिल्ला अस्पताल अर्घाखाँचीमा खत्रीको सामान्य उपचार पछी स्वास्थ्यमा जटिल समस्या देखिएपछी थप उपचारको लागि लुम्विनी अञ्चल अस्पताल बुटवल पठाएकोमा त्यहा पनि उपचार हुन नसकेपछि थप उपचारकालागि रिफर गरी भैरहवा मेडिकल कलेज पठाइएको प्रहरीले जनाएको छ ।
बन्धक बनाउने शुसिला नेपालि र उनका श्रीमानलाइ थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयमा हिरासतमा राखिएको छ ।