खाँचीकोट मैदानमा वृहत सराय जात्रा सम्पन्न (तस्बिर सहित)

बसन्त खड्का 
खाँची मैदान, अर्घाखाँची । दशैंको त्रियोदशीको दिनमा अर्घाखाँची जिल्लाको खाँचीकोट मैदानमा दशैंको सराय जात्रा निकालिएको छ । खाँचीकोट मैदानमा वृहत सराय जात्रा निकालिएको हो ।
घटस्थापनाको दिन पुजाआजासहित राखिएको दुर्गा भवानीको हातहतियार आज पञ्चेबाजासहित खुकुरी, तरबार र खुँडा नचाई एकापसमा जोडिएर ‘बाखै हो’ भन्दै सराय नाच नाच्ने गरिन्छ ।
सोमबार दिउँसो भगवती मन्दिरबाट निकालिएको सराय फुलपाती लिएर मैदान बजार परिक्रम गरेको थियो ।   घटस्थापनाको दिन स्थापना गरिएको देवता दुर्गा मन्दिरमा भित्र्याइने चलन रहेको छ । 
सराय नाचले यस क्षेत्रमा सामाजिक, धार्मिक सद्भाव कायम राख्दै आपसी भाइचाराको सम्बन्ध अझ मजबुत बनाउने कार्य गरेको  मन्दिर व्यवस्थापन समितिको भनाई छ ।