सुर्य भुसाल
सन्धिखर्क । सन्धिखर्क नगरपालिकाका नगरप्रमुख कमल प्रसाद भुसालले स्वास्थ्य क्षेत्रको बिकासका लागि नगरपालिकाले अागामि दिनमा नयाँ योजना लिएर अगाडि बढने बताउनु भएको छ ।
सन्धिखर्क नगरपालिकाको शान्ति बगैचामा अायोजित सार्वजनिक परिक्षण कार्यक्रममा बोल्दै नगर प्रमुख भुसालले नगरपालिकाले अहिले सम्म गरेका कामहरुबाट जनता सन्तोष जनक छन कि छैनन् भन्ने कुरा समेत अध्यान गरेर बिकासको खाका अगाडि बढाएको बताउनु भयो ।
कार्यक्रममा नगरपालिकाका उपप्रमुख ठाकुर कुमार बिकले स्वास्थ्य शिक्षाबाट नगरपालिका भित्र कोहिपनि बन्चित नहोस भन्ने उदेश्य सहित समग्र क्षेत्रको बिकासमा कुनै पनि कमि हुन नदिने बताउदै हराभरा सव्छ सुविधा सम्पन्न नगरपालिका बनाउने अभियानमा अाफुहरुलाई सहयोग गर्न अाग्रह गर्नु भयो।
कार्यक्रममा प्रमुख प्रसासकिय अधिकृत निरज पौडेल, वार्ड नम्बर १ का अध्यक्ष युवराज बन्जाडे शान्ति बगैँचा निर्माण समिति का अध्यक्ष नारायण प्रसाद बन्जाडे उपाध्यक्ष नेत्रप्रसाद भट्टराई सचिब श्रिकृस्न भुसाल महिला नेत्रि सुसिला बन्जाडे बरिस्ठ पत्रकार सोभाखर पन्थि वार्ड सदस्य नारायण अर्याल के एल सर्मा लगाएतले मन्तब्य राख्नु भएको थियोे ।
कार्यक्रममा नगरपालिका का ईन्जिनियर नारायण पोख्रेल कमला भन्डारि ठाकुर श्रेष्ठ सुन्दर कुवर सुर्य भुसाल अर्जुन भुसाल लगायतको उपस्थिती रहेको थियो ।