सुर्य भुसाल
अर्घा । बडादशैको अन्तिम दिन भोलि कोजागत्र पुणिमाको दिन अर्घाको भगवती मन्दिरमा एतिहासिक सराए नाच तथा बिविध सास्कृतिक कार्यक्रम हुने भएको छ ।
भोलि हुने पुणिमा मेलाको अन्तिम तैयारी पूरा भएको समाजसेबि बाबुराम भुसालले जानकारी दिनु भयो । अर्घाखाँची जिल्लाको एतिहासिक अर्घा मन्दिरमा बुधाबार हुने सराए नाच हेर्न तथा भगबतिको दर्सन गर्नका लागि १ लाख भन्दा बढि भक्तजनहरु उपस्थिति हुने मन्दिर सन्चालक समितिले अपेक्षा गरेको छ ।
अर्घाको पुणिमाको पुर्ब सन्ध्यामा सुरक्षा ब्यबस्था समेत कडा पारिएको छ । नेपाल प्रहरी ससत्र प्रहरी अर्घामा परिचालन गरिएको प्रमुख जिल्ला अधिकारि खिमराज भुसालले जानकारी दिनुभयो ।
उक्त ठाउँमा नेपाल प्रहरी मन्दिर अासपासका क्षेत्रमा १ सय जना भन्दा बढि प्रहरी परिचालन गरिएको प्रहरी नायब उपरीक्षक नबराज मल्लले जानकारी दिनु भयो । त्यस्तै मन्दिरका लागि सन्धिखर्क नगरपालिकाका नगरउपप्रमुख ठाकुर कुमार बिकले मौलो सहयोग गर्नु भएको छ भने छुलो नउडोस भन्नका लागि नगरपालिकाले पानी हालेर बाटो सफा पारेको छ । यस्तै समाजसेवी बाबुराम भुसाल सरोज भुसाल दिनरात खटिरहेका छन ।