लक्ष्मण घिमिरे
अर्घाखाँची । नेपालीहरुको महानचाड बडा दशैंको बेला अर्घाखाँचीमा पेट्रोलको चरम अभाव भएको छ । बिगत ४ दिनदेखी पेट्रोलको अभाव हुँदा यातायात व्यवसायी संगै आम सर्वसाधारण सास्ती भोग्न बाध्य भएका छन ।
दशैंको बेला बाहिरबाट जिल्लामा आउने र जिल्लाबाट बाहिरिनेको संख्या बढिरहेका बेला पेट्रोलको अभाव भएको हो । ट्याक्सी घरघरमा थन्किएका छन भने बाईक पनी तेल अभावले गुड्न छाडेका छन ।
‘दसैंका बेला तेल अभाव हुँदा यात्रुलाई निकै सास्ती भएको छ’ ‘ट्याक्सी धनी दिनेश पोख्रेलले भन्नुभयो’ ‘अलिअलि चहलपहलका बेला तेल नपाउँदा व्यवसाय पनी धरापमा पर्यो’ । सन्धिखर्कमा ४ र शितगंगामा २ गरि अर्घाखाँचीमा ६ वटा पेट्रोलपम्पहरु रहेका छन । ट्याङकर चालक दसै बिदामा गएकाले अली असहज भएपनी,पेट्रोल शिघ्र सहज रुपमा दिलाउन आफुहरु लागी परेको प्रमुख जिल्ला अधिकारी खिमराज भुसालले बताउनु भयो । चाडबाड मनाउन घरमा आएका ब्यक्तिहरु सम्बन्धित गन्तव्यमा फर्किनका लागि पेट्रोल नहुँदा अलपत्र छन ।