बिष्णु खनाल
७ कार्तिक, अर्घाखाँची । अर्घाखाँचीको सन्धिखर्कमा यहि शुक्रबार देखि सर्वाधिक पुरस्कार राशीको एवाईसी अन्तर पालिकास्तरीय रनिङ्गशिल्ड भलिवल प्रतियोगीता हुने भएको छ ।
‘युवाहरुको एकता समाज सुधारमा एकता’ भन्ने नाराका साथ चुत्रावेसीमा स्थापित अर्घाखाँची युवा परिषद्को आयोजनामा हुने भलिवल प्रतियोगीतामा जिल्लाका ६ वटा स्थानीय तहहरुको सहभागिता रहने छ ।
भलिवल प्रतियोगीतामा प्रथम हुने टिमलाई ५० हजार, दोस्रो हुने टिमलाई ३० हजार र तेस्रो हुने टिमलाई २० हजार नगदका साथ आकर्षक शिल्ड, मेडल र प्रमाण प्रदान गरिने परिषद्का महासचिव प्रकाश भुसालले बताउनु भयो । रनिङ्गशिल्ड जित्ने टिमलाई नगद एक लाखको साथमा शिल्ड पनि प्रदान गरिने उहाको भनाई छ ।
भलिवल प्रतियोगीताको शुक्रबार पुर्वमन्त्री तथा नेकपाका नेता टोपबहादुर रायमाझिले भव्य कार्यक्रमका विच उद्घाटन गर्नुहुनेछ । भलिवल प्रतियोगीताको उद्द्धाटन समारोहमा सन्धिखर्कबाट ड्रोन उडाएर अर्घा दरवार र खाँची दरबारको दृश्य समेत छायांकन गर्ने कार्यक्रम रहेको अर्घाखाँची युवा परिषद्का अध्यक्ष काजी श्रेष्ठले जानाकारी दिनुभयो ।
एवाईसी अन्तर पालिकास्तरीय भलिवल प्रतियोगीताको यो दोस्रो सस्करण हो । गत बर्ष भुमिकास्थान नगरपालिकाले यो उपाधी जितेको थियो ।