सुर्य भुसाल
सन्धिखर्क । अर्घाखाँची जिल्लाका प्रमुख जिल्ला अधिकारी खिमराज भुसालले बजारमा कृर्तिम अभाब कालोबजारी हुन नदिन अाफै गोप्य अनुगमन शुरु गर्नु भएको छ ।
अर्घाखाँची जिल्ला सदरमुकाममा बिगतका बर्षहरु जस्तो होइन यो बर्ष प्रमुख जिल्ला अधिकारी सामान्य रुपमा बाहिर निस्कने पसलमा पस्ने सामानको मूल्य सोध्ने मूल्य शुचि राखे नराखेको हेर्ने र ग्राहकले जस्तै सोध्ने र सामान गरणस्तरिय छ या छैन भनी हेर्ने तर व्यापारीले प्रमुख जिल्ला अधिकारी भनी नचिनि सामानको बारेमा जानकारी गराउने र लिने गरेपछि अनियमितता रोकिने निश्चित देखिएको छ ।
चार्डबार्डका बेलामा गाउँटोल पालिकाहरुमा पुगेर प्रजिअले अाकस्मिक अनुगमन गरेपछि बजारका ब्यापारीहरुले मूल्य शुचि समेत राख्न सुरु गरेका छन । यसबर्ष दशैमा कुनै पनि सामानको कृर्तिम अभाब हुन नदिन तथा कालोबजारी रोक्न प्रजिअ भुसालले यस्तो अनुगमन गरेको बताएको छ ।
प्रजिअ भुसाल अर्घाखाँची अापछि अनियमितता रोक्न निर्माण ब्यबसायीहरुले गर्ने कामहरुको छड्के निरिक्षण गर्ने पनलिकाहरुले गर्ने बिकासे कामका अनुगमन गर्ने मुद्दा परेका बिषयमा अनुसन्धान गर्ने लगाएतका काममा प्रजिअ भुसाल ब्यस्त देखिने गर्नु हुन्छ ।
अर्घाखाँची जिल्लाका प्रमुख जिल्ला अधिकारीले अख्तियारको समेत जिम्मेवारी समालेका कारण गोप्य अनुसन्धानलाई प्रजिअले तिब्र पार्नु भएको हो ।