लक्ष्मण घिमिरे
अर्घाखाँची । अर्घाखाँचीमा नेपाल टेलिकमको सिमकार्ड प्रयोग गर्नेको संख्या १ लाख नाघेको छ ।
नेपाल टेलिकमको अर्घाखाँची शाखा कार्यलयवाट मात्र १ लाख भन्दा बढी सिमकार्ड बिक्रि–वितरण भएको नेपाल टेलिकम अर्घाखाँची शाखाका प्रमुख गोविन्द पराजुलीले बताउनु भयो ।
गएको असौज मसान्तसम्म ९५ हजार सिमकार्ड टेलिकमको कार्यालय , अर्घाखाँचीबाट तथा ५ हजार भन्दा बढी सिमकार्ड पसलहरुमा बिक्रिका लागी गएको उँहाले बताउनु भयो ।
सन्धिखर्क टेलिकम कार्यालयबाट मात्र सिम लिनेको संख्या एक लाख नाघेको हो । जिल्लामा छिमेकी जिल्लाहरु गुल्मी, पाल्पा, प्युठान, कपिलबस्तु र रुपन्देहीका अलवा काठमाण्डौका टेलिकम शाखा कार्यलयबाट समेत सिमकार्ड लिएर प्रयोग गर्नेको संख्या पनी थुप्रै छ ।
अन्य जिल्लाबाट कति सिम अर्घाखाँचीमा चलिरहेका छन भन्ने जानकारी नहुने टेलिकम अर्घाखाँचीका प्रमुख पराजुलीको भनाइ छ । २०६८ सालको जनगणना अनुसार जिल्लाको जनसंख्या एक लाख ९७ हजार ६ सय ३२ रहेको छ ।
जिल्लामा नमस्ते अर्थात नेपाल टेलिकमका सिम सहित, एनसिएल र युटिएलका सिमहरुपनि प्रयोग भएका छन ।