हरि कुँवर
बाँगी ,अर्घाखाँची (अर्घाखाँची डट्कम) मालारानी गाउपालिका वडा.५ साविक बाँगी ७ कुजेरी निवासी क्यान्सर पिडित राकेश थापा लाई दुवईमा रहेका प्रवासी नेपालीहरुले छत्तीस हजार नौ सय रुपैयाँ आर्थिक सहयोग गरेका छन् ।
आर्थिक अवस्था कमजोर भएका थापाले दाहिने खुट्टा गुमाए पनि आफ्नो हिम्मतलाई भने गुम्न दिएका छैन्न । थापा विगत लामो समय देखि खुट्टाको क्यान्सरले दाहिने खुट्टा गुमाउनु परेको थियो । थापाका तीन छोरी एक छोरा र श्रीमती छन ।
लामो समय सम्मको उपचार पछि उहाँ लाई अहिले केही सुधार भएको छ । अब थप उपचार गर्नु पर्ने भएकोले सहयोग को आशा समेत गरेका छन । उनी भन्छन् “मलाई सयोग गर्ने आफ्न्तहरु सहयोगीमनहरुले गर्दा म आज यो संसारमा रमाउन पाको छु मन देखि सयोग गर्ने सम्पूर्ण लाई हृदय देखि धन्यवाद दिन्छु ।
उपचारको लागि दुवईबाट समाज सेवि प्रकाश महतको विशेष अभियानमा यो रकम उठाईएको थियो भने पदम महतले थापा को घरमा गइ हस्तान्तरण गरेका थिए । सहयोगि दाताहरु को नामावली यसप्रकार रहेको छ –
१. बिष्णुकला महत- ८०००/-
२. देब बहादुर कुँवर- ६०००/-
३. हिमाल खड्का- ६०००/-
४. लक्ष्मण कुँवर – ४०००/-
५. सुशील केसी -३०००/-
६ . बिष्णु के सी- २०००/-
७. लक्ष्मण अधिकारी- १५००/-
८. गोपाल पौडेल – १५००/-
९. जनक बराल- १५००/-
९. राकेश जैसिवाल- १५००/-
१०. प्रकाश प्रसाद गैरे – १०००/-
११. दिपेन्द्र के सी- ९००/-