सन्धिखर्कमा अन्तरपालिका स्तरिय भलिबल प्रतियोगिता जारी

सुर्य भुसाल 
सन्धिखर्क । अर्घाखाँची युवा परिषको अायोजनामा सर्बाधिक रासिको AYC अन्तरपालिका स्तरिय भलिबल प्रतियोगिता हिजोबाट सन्धिखर्कमा सुरु भएको खेल जारी रहेको छ । 
हिजो खेलको एक भब्य समारोहबीच पुर्ब उपप्रधानमन्त्री टोप बहादुर रायमाझीले गर्नु भएको हो । 
कार्यक्रममा राष्ट्रिय सभाका सदस्य चन्द्रबहादुर खड्का प्रदेस सासद चेतनारायण अाचर्य रामजी प्रसाद घिमिरे जाल्पा भुसाल जिल्ला समन्वय समिति का प्रमुख पिताम्बर सर्मा उपप्रमुख ऋषि बहादुर पुलामि सन्धिखर्क सितगगा भुमिका स्थानका नगरप्रमुखहरु कमल प्रसाद भुसाल सुर्य प्रसाद अधिकारी रेसम थापा गाउपालिका अध्यक्ष हरु पाणिनि मालारानिका अच्युत गौतम बालकृष्ण अाचर्य नगरउपप्रमुख हरु सन्धिखर्क भुमिका स्थान ठाकुर कुमार बिक खडान्द बेल्बासे प्रमुख जिल्ला अधिकारी खिमराज भुसाल गाउपालिका का उपाध्यक्ष हरु पाणिनि मालारानिका लक्ष्मि गौतम प्रमिला क्षेत्री लगाएतका जनप्रतिनिधि वार्ड अध्यक्ष राजनीति दलका नेताहरु कर्मचारी पत्रकार कार्यलय प्रमुख हरु खेलाडि हरुको सहभागी ता रहेको छ ।
कार्यक्रम युवापरिषदका अध्यक्ष काजि श्रेष्ठ को अध्यक्ष ता प्रकाश भुसालको सन्चालनमा सुरु भएको हो ।

प्रेमनारायण आचार्य
  सन्धिखर्क १० कात्तिक । अर्घाखाँचीको सन्धिखर्कमा आजदेखि सर्वाधिक पुरस्कार राशीको एवाईसी अन्तर पालिकास्तरीय रनिङ्गशिल्ड भलिवल प्रतियोगीता सुरु भएको  छ । 
‘युवाहरुको एकता समाज सुधारमा अग्रसरता’ भन्ने नाराका साथ चुत्रावेसीमा स्थापित अर्घाखाँची युवा परिषद्को आयोजनामा आयोजना भएको भलिवल प्रतियोगीतामा जिल्लाका ६ वटा स्थानीय तहहरुको सहभागिता रहेको  छ । 
भलिवल प्रतियोगीताको आज पुर्वमन्त्री तथा नेकपाका नेता टोपबहादुर रायमाझिले भव्य कार्यक्रमका विच उद्घाटन गर्नु भएको छ । उद्द्धाटन समारोहमा मन्तब्य राख्दै नेता रायमाझिले खेलकुदलेनै राष्ट्रलाइ विश्वमा चिनाउने भएकाले खेलकुदको विकासमा सरकार गम्भीर भएर लाग्नु पर्ने बताउनु भयो । 
भलिवल प्रतियोगीताको उद्द्धाटन समारोहमा सन्धिखर्कबाट ड्रोन उडाएर ड्रोन म्यान विमल बस्नेतले अर्घा दरवार र खाँची दरबारको दृश्य समेत छायांकन गरेको  अर्घाखाँची युवा परिषद्का अध्यक्ष काजी श्रेष्ठले जानाकारी दिनुभयो । 
उद्द्धाटन समारोहमा राष्ट्रिय सभाका सांसद चन्द्रबहादुर खड्का, प्रदेस साम्सद चेतनारायण आचार्य, रामजी प्रसाद घिमिरे, जाल्पा भुसाल, जिल्ला समन्वय समितका प्रमुख पिताम्वर शर्मा, सन्धिखर्क नगरपालिकाका प्रमुख कमल प्रसाद भुसाल, शितगंगा नगरपालिका प्रमुख सुर्य प्रसाद अधिकारी, भुमिकास्थान नगरपालिका प्रमुख रेशम थापा , पाणिनि गाँउपालिकाका प्रमुख अच्युत गौतम, मालारानी गाँउ पालिकाका पूमुख वालकृष्ण आचार्य, छत्रदेव गाँउपालिकाका कमल पौडेल , प्रमुख जिल्ला अधिकारी खिमराज भुसाल लगायतको उपस्थिति रहेको थियो । 
भलिवल प्रतियोगीतामा प्रथम हुने टिमलाई ५० हजार, दोस्रो हुने टिमलाई ३० हजार र तेस्रो हुने टिमलाई २० हजार नगदका साथ आकर्षक शिल्ड, मेडल र प्रमाण प्रदान गरिने परिषद्का महासचिव प्रकाश भुसालले बताउनु भयो ।  रनिङ्गशिल्ड जित्ने टिमलाई नगद एक लाखको साथमा शिल्ड पनि प्रदान गरिने उहाको भनाई छ । 
एवाईसी अन्तर पालिकास्तरीय भलिवल प्रतियोगीताको यो दोस्रो सस्करण हो । गत बर्ष भुमिकास्थान नगरपालिकाले यो उपाधी जितेको थियो ।
कार्यक्रमको उद्घाटन समारोह अध्यक्ष काजी श्रेष्ठको अध्यक्षता, उपाध्यक्ष केसव घिमिरेको स्वागत र महासचिव प्रकास भुसालको सञ्चालनमा सम्पन्न भएको हो । 
पत्रकार आचार्य सहित ६ जना सम्मानित
अर्घाखाँची युवा परिषद तथा जिल्लाको खेलकुद क्षेत्रमा पत्रकारिताको माध्यमबाट उत्कृष्ट कलम चलाएको भन्दै हाम्रा सहकर्मि पत्रकार प्रेमनारायण आचार्यलाइ सम्मानित गरेको छ । 
खेलकुदलाइ पत्रकारिताको क्षेत्रबाट प्रचार प्रसार गरेको भन्दै कदर पत्र र दोसल्लाले सम्मान गरेको हो । कार्यक्रमका प्रमुख अतिथि तथा पुर्व उपप्रधान मन्त्री टोप बहादुर रायमाझि र अर्घाखाँची युवा परिषदका अध्यक्ष काजी श्रेष्ठले सम्मानित गर्नु भएको हो । 
कार्यक्रममा सन्धिखर्क नगरपालिकाका प्रमुख कमल प्रसाद भुसाल, ड्रोन म्यान विकल्प वस्नेत, खेलकुद विकास समितिका पुर्व अध्यक्ष मोतिजंग रायमाझि , वैदेसिक रोजगारीमा गइ सफल व्यवसायी वन्न सफल चुरामणि अर्याल र रेफ्री वावुराम कार्कीलाइ सम्मानित गरेको छ । 
आजका खेलमा भुमिकास्थान र शितगंगा विजयी
आज भएको पहिलो खेलमा भुमिकास्थान नगरपालिका विजयी भएको छ । सन्धिखर्क नगरपालिका र भुमिकास्थान नगरपालिका विच भएको खेलमा २,१ को सेटमा भुमिकास्थान नगरपालिका विजयी भएको हो । 
दोस्रो खेलमा शितगंगा नगरपालिका विजयी भएको छ । मालारानी गाँउ पालिकालाइ सोझे सेटमा हराउदै शितगंगा नगरपालिका विजयी भएको हो ।