सन्धिखर्कमा पत्रकार प्रेमनारायण आचार्य सम्मानित

सन्धिखर्क १० कात्तिक । जिल्लाको खेलकुद क्षेत्रमा पत्रकारिताको माध्यमबाट उत्कृष्ट कलम चलाएको भन्दै हाम्रा  सहकर्मी पत्रकार प्रेमनारायण आचार्यलाइ अर्घाखाँची युवा परिषदले सम्मानित गरेको छ । 
खेलकुद क्षेत्रमा जिल्लामा रही उत्कृष्ट कलम चलाएको भन्दै कदर पत्र र दोसल्लाले सम्मान गरेको हो ।  अर्घाखाँची युवा परिषदको आयोजनामा सुरु भएको सर्वाधीक राशीको एवाइसी अन्तरपालिका स्तरीय भलिवल प्रतियोगीताको उद्घाटन समारोहमा सम्मानित गरेको छ । 
कार्यक्रमका प्रमुख अतिथि तथा पुर्व उपप्रधान मन्त्री टोप बहादुर रायमाझि र अर्घाखाँची युवा परिषदका अध्यक्ष काजी श्रेष्ठले सम्मानित गर्नु भएको हो । 
कार्यक्रममा सन्धिखर्क नगरपालिकाका प्रमुख कमल प्रसाद भुसाल, ड्रोन म्यान विकल्प वस्नेत, खेलकुद विकास समितिका पुर्व अध्यक्ष मोतिजंग रायमाझि , वैदेसिक रोजगारीमा गइ सफल व्यवसायी वन्न सफल चुरामणि अर्याल र रेफ्री वावुराम कार्कीलाइ सम्मानित गरेको छ । 
‘युवाहरुको एकता समाज सुधारमा अग्रसरता’ भन्ने नाराका साथ चुत्रावेसीमा स्थापित अर्घाखाँची युवा परिषद्को आयोजनामा आयोजना भएको भलिवल प्रतियोगीतामा जिल्लाका ६ वटा स्थानीय तहहरुको सहभागिता रहेको  छ । 
भलिवल प्रतियोगीताको आज पुर्वमन्त्री तथा नेकपाका नेता टोपबहादुर रायमाझिले भव्य कार्यक्रमका विच उद्घाटन गर्नु भएको छ । उद्द्धाटन समारोहमा मन्तब्य राख्दै नेता रायमाझिले खेलकुदलेनै राष्ट्रलाइ विश्वमा चिनाउने भएकाले खेलकुदको विकासमा सरकार गम्भीर भएर लाग्नु पर्ने बताउनु भयो । 
भलिवल प्रतियोगीताको उद्द्धाटन समारोहमा सन्धिखर्कबाट ड्रोन उडाएर ड्रोन म्यान विमल बस्नेतले अर्घा दरवार र खाँची दरबारको दृश्य समेत छायांकन गरेको  अर्घाखाँची युवा परिषद्का अध्यक्ष काजी श्रेष्ठले जानाकारी दिनुभयो ।