रुद्रमणि भुसाल
धातिवाङ्ग,अर्घाखाँची(अर्घाखाँची डट्कम) प्रकाश सचेतन समुह प्रागको आयोजना, युएनह्बिटानको सहयोगमा अर्घाखाँची जिल्लाको पाणिनी गाउँपालिकाको धातिबाङ्गमा पुर्ण सरसफाई उन्मुख नमुना समुहको अध्ययान अवलोकन भ्रमण कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा पाणिनी गाउँपालिका वार्ड नं. ६ वडा अध्यक्ष शुभ बहादुर सारुले आफ्नो गाउँमा अध्ययान भ्रमणमा आएका सबैलाई स्वागत गदै धन्यबाद दिए उनले धातिबाङ्गबासीको अथक प्रयासले पुर्ण सरसफाई उन्मुख नमुना समुह बनाइ जिल्लामा चिनाउन आम समुदायले ठुलो सहयोग गरेको बताए ।
कार्यक्रममा भुमिकास्थान नगरपाकिाका स्रोत ब्यतिm लालमणि पौडेल , युएनह्बिटानका जिल्ला संयोजक शिबराज न्यौपाने , धारापानीका वडा सदस्य रुमलाल पौडेल, धन्चौरका वडा सदस्य टामलाल भट्टराई, धन्चौरका स्वास्थ्यचौकी प्रमुख शिव प्रकास जिसी , धारापानीका समाज सेबी बाबुराम बन्जाडे, प्रकाश सचेतन समुह प्रागका अध्यक्ष बाबुराम गैरे, स्थानिय नबराज पौडेल लगायतले मनतब्य राख्दै ,प्राकृतिक, भौगोलिकसँगै ,खानेपानी ,सचेतना स्थानियको लगनशिलताका कारणले धातिबाङ्ग अर्घाखाँचीकै सरसफाईमा नुमुना योग्य बस्ती भएकाले यसलाई निरन्तरर्ता दिन समुदायलाई आग्रह गरेका थिए ।
पुर्ण सरसफाई उन्मुख नमुना समुह भुमिकास्थान १० धन्चौर र धारापानीको वार्ड नं. ३ र ४ को समुह अध्ययान अबलोकन भ्रमणमा धातिबाङ्गका स्थानिय सहित दुईसय जनाको सहभागिता रहेको थियो । कार्यक्रम सरिता खत्रीको अध्यक्षता र सुमन पौडेलको संचालनमा सम्पन्न भएको हो ।