प्रकासित मिती: १२ कार्तिक २०७५
सुर्य भुसाल
सन्धिखर्क । अर्घाखाँची जिल्लाका प्रमुख जिल्ला अधिकारी खिमराज भुसालले प्रहरि र जनता बिचको सम्बध नङ र मासुको जस्तो हुनु पर्ने बताउनु भएको छ ।
प्रहरी प्रधान कार्यलय जिल्ला प्रहरी कार्यलय अर्घाखाँचीले अायोजना गरेको समुदाय प्रहरी साझेदारी कार्यक्रममा बोल्दै प्रजिअ भुसालले जनताको सेवा गर्ने प्रहरी बरद्रि धारि भएपनि अाम नागरिक बिना बर्दिका प्रहरी भएको बताउनु भएको हो ।
अब प्रहरी समुदाय सग सहकार्य गरेर शान्ति सुरक्षा कायम गर्ने बताउदै जनताको सहयोग मा कुनै घटना हुन नदिन प्रहरी सचेत रहेको बताउनु भयो ।समुदाय प्रहरी साझेदारी कार्यक्रम मा बोल्दै प्रजिअ भुसालले अर्घाखाँची जिल्ला सदरमुकाम मा बिगतका बर्षहरु जस्तो होइन यो बर्ष अाफुले बजार अनुगमन लाई तिब्र पारेको र अाफै अनुगमन गर्दै सामानको मूल्य सोध्ने मूल्य शुचि राखे नराखेको हेर्ने र ग्राहकले जस्तै सोध्ने र सामान गरणस्तरिय छ या छैन भनी हेर्ने गरेको खुलासा गर्नु भयो ।अाफुले गाउटोल पालिका हुदि पुगेर अाकस्मिक अनुगमन गरेपछि बजारका ब्यापारी हरुले मूल्य शुचि समेत राख्न सुरु गरेको अाफुले जानकारी पाएको बताउनु भयो । ।
प्रजिअ भुसाल अर्घाखाँची अाऐपछि अनियमितता रोक्न निर्माण ब्यबसाहि हरुले गर्ने कामहरु क छड्के निरिक्षण गर्ने पनलिका हरुले गर्ने बिकासेकाम का अनुगमन गर्ने मुद्दा परेका बिषमा अनुशन्धान गर्ने लगाएतका काममा प्रजिअ भुसाल ब्यस्त देखिने गर्नु हुन्छ ।अर्घाखाँची जिल्ला का प्रमुख जिल्ला अधिकारी ले अख्तियार को समेत जिम्मेवारी समालेका कारण गोप्य अनुसन्धान लाई प्रजिअले तिब्र पार्नु भएको हो ।
प्रजिअ भुसालले सुसासन पार्दर्सिता कायम गराउने अभियान लाई समेत तिब्र पार्नु भएको छ ।प्रजिअ भुसालको काम देखेर अर्घाखाँची बासि जनता मात्रै होइन याहाका सबै दलका नेता सासद कार्यक्रता पत्रकार हरुले सार्वजनिक समारोहमा समेत खुलेर प्रसम्सा गर्ने गरेका छन ।