सुर्य भुसाल
सन्धिखर्क । अर्घाखाँची जिल्ला का प्रमुख जिल्ला अधिकारी खिमराज भुसालले प्रहरि र जनता बिचको सम्बध नङ र मासुको जस्तो हुनु पर्ने बताउनु भएको छ ।
अर्घाखाँची दाङ प्युठान कपिलवस्तु को मुख्य सिमाना सितगगा नगरपालिका को जलुके सातमारामा अस्थायी प्रहरी पोष्टको सातमारामा सुभारम्भ गर्दै प्रजिअ भुसालले जनताको सेवा गर्ने प्रहरी बरद्रि धारि भएपनि अाम नागरिक बिना बर्दिका प्रहरी भएको बताउनु भएको हो ।
अब प्रहरी समुदाय सग सहकार्य गरेर शान्ति सुरक्षा कायम गर्ने बताउदै जनताको सहयोग मा कुनै घटना हुन नदिन प्रहरी सचेत रहेको बताउनु भयो । प्रजिअ भुसालले अर्घाखाँची जिल्ला भर बिगतका बर्षहरु जस्तो होइन यो बर्ष अाफुले बजार अनुगमन लाई तिब्र पारेको र अाफै अनुगमन गर्दै सामानको मूल्य सोध्ने मूल्य शुचि राखे नराखेको हेर्ने र ग्राहकले जस्तै सोध्ने र सामान गरणस्तरिय छ या छैन भनी हेर्ने गरेको जिकिर गर्नु भयो ।
कार्यक्रममा प्रहरि नायब उपरीक्षक नबराज मल्ल सस्त्र प्रहरी नायब उपरीक्षक गोपाल श्रेष्ठ रामबाण गुल्मका गुल्मपति निरज भन्डारि समाजसेवी दल बहादुर केसि वार्ड अध्यक्ष भिम केसि रुकेस अाले लगाएको उपस्थिति रहेको थियोे ।