सुर्य भुसाल
सन्धिखर्क । सन्धिखर्क नगरपालिका का नगर उपप्रमुख ठाकुर कुमार बिकले पारदर्शी काम नगर्ने उपभोक्ता तथा निर्माण कम्पनिको भुक्तानि रोक्का गरि पुन काम गराउने चेताबनि दिनु भएको छ ।
सन्धिखर्क नगरपालिका वार्ड नम्बर ११ डिर्भानामा भईरहेका वार्ड स्तरका योजना तथा नगरस्तरिय योजनाको सम्बन्धित फिल्डको अनुगमन निरिक्षण गर्दै नगरउपप्रमुख बिकले कुरा गरेर खाने जमनाको अन्त्य भएको बताउदै जनताको गुनासो अाउने खालका कुनै पनि काम नगर्न वार्ड अध्यक्ष तथा जनप्रतिनिधि उपभोक्ता हरुलाई यस्तो निर्देसन दिनु भएको हो ।
नगरपालिका अनुगमन समितिका सयोजक समेत रहनु भएका बिकले हराभरा वार्ड बनेमात्र नगरपालिका हराभरा हुने बताउदै सबै बिकासको दिसामा एकढिक्का भएर अगाडि नबढे अाफुहरुले मात्रै चाहेर बिकास असम्भव भएको बताउनु भयो । नगरउपप्रमुख बिकले अबको बाटो भनेको अार्थिक क्रान्ति को भएको ले भष्ट चारको अन्तय सुसासन निर्माण पारदर्शिता कायम गर्न उपभोक्ता हरुलाई अाग्रह गर्नु भयो ।अनुगमनमा प्रमुख प्रसासकिय अधिकृत निरज पौडेलले योजनाहरु को अनुगमन र गुणस्तरीयता पत्ता नलगाई अाफुले कुनै पनि योजनाको भुक्तानि नदिने बताउनु भयो ।
गाउमा भएका बिकासका कामहरु राम्रोसँग भएको छ या छैन भन्ने खोज्ने जिम्मेवारी जनताको भएको बताउदै सुसासन पार्दर्सिता कायम गरि काम गर्न अाग्रह गर्नु भयो ।अनुगमनमा नगरपालिका का योजना अधिकृत गोबिन्द केसिले जनताको काम नगरपालिका बाट सहज ढगले भईरहेको बताउदै कुनै गुनासा भएमा सिधै अाफुहरु सग सम्पर्क गर्न वार्ड बासिन्दालाई अाग्रह गर्नु भयो ।
उहाले अहिले योजनाहरु पार्दर्सि छन कि छैनन् भनेर अाफुहरु अनुगमनमा दौड धुप गरिएको जिकिर गर्नु भयो ।कार्यक्रममा वार्ड नम्बर ११ का वार्ड अध्यक्ष धुर्बराज अाचर्यले वार्ड भित्र भए गरेका बिकास निर्माणका कामहरु का बारेमा अनुगमन टोलिलाई जानाकारि गराउनु भएको थियोे ।प्राबिधिक मेघराज पोख्रेलको समेत उपस्थिति रहेको थियोे ।