सुपादेउराली र पाणिनी तपाेभुमि नयाँ पर्यटकीय गन्तव्य स्थानमा छनौट

अर्घाखाँचीडट्कम संवाददाता 
सन्धिखर्क ।  अर्घाखाँची जिल्लाको सुपादेउराली र पाणिनी गाउँपालिकामा रहेकाे प्रशिद्ध धार्मिक स्थल पाणिनी तपाेभुमि नयाँ पर्यटकीय गन्तव्य स्थानमा छनौट भएको छ । 
Image result for अर्घाखाँची सुपादेउराली arghakhanchi.com
सरकारले ओझेलमा परेका एक सय वटा नयाँ पर्यटकीय गन्तव्यलाई प्रवर्द्धन गर्ने भन्दै अर्घाखाँचीका सुपादेउराली र पाणिनी गाउँपालिकामा रहेकाे प्रशिद्ध धार्मिक स्थल पाणिनी तपाेभुमिलाई नयाँ गन्तव्य स्थान छनौट गरेको हो ।
Image result for अर्घाखाँची पाणिनि
उता नेपालभर यी गन्तब्य नेपाल पर्यटन बोर्ड, स्थानीय तथा प्रदेश सरकारबाट सिफारिस गरिएकाहरु हुन् नयाँ पर्यटकीय गन्तव्यका लागि ६ सयभन्दा बढी स्थानहरु प्रस्तावित थिए । त्यसमध्ये कुन गन्तब्यलाई सयवटा भित्र समेटेर प्रवर्द्धन गर्ने भन्नेबारे मन्त्रालयले विभिन्न आधार तय गरेको थियो ।
मन्त्रालयकाका अनुसार नयाँ छनोट भएका भएका पर्यटकीय गन्तब्यहरु निजी क्षेत्र, स्थानीय सरकार र स्थानीय बासिन्दाको पनि सहयोग लिएर घुम्नयोग्य बनाइनेछन् सम्भावना भएर पनि ओझेलमा परेका यस्ता गन्तब्यलाई अब विशेष रुपमा विकास, प्रचार, प्रसार र संरक्षण गरिनेछ ।
नेपाल भ्रमण वर्ष’मा २० लाख पर्यटक भित्रयाउने लक्ष्यलाई प्राप्त गर्ने गरी नयाँ गन्तब्यको प्रवर्द्धन योजना बनाइएको छ । यी पर्यटकीय गन्तब्यको विकासमा सरकारले यसै वर्षबाट बजेट खर्च गर्न सुरुआत गर्नेछ । नयाँ गन्तब्य प्रवर्द्धन गर्न सरकारले ५० करोड रुपैयाँ छुट्याएको थियो ।
पुरातात्विक सम्पदा, ठूला तालतलैया वा पोखरी, सम्भावित भए पनि चर्चा नपाएका, भौतिक पूर्वाधार र सेवासुविधाको अभावले ओझेलमा परेका पर्यटकीय गन्तव्यहरुलाई नयाँ पर्यटकीय स्थलका रुपमा विकास गर्ने गरी छनोट गरिएको हो ।