पाणिनी गाउँपालिका ५ का वार्ड सदस्य टिका बहादुर राष्कोटी चरेस सहित बुटवलमा पक्राउ

१७ कात्तिक, २०७५ 
अर्घाखाँचीडट्कम संवाददाता 
बुटवल  । प्रहरीले बुटवलको बेलबास शान्तिचोकबाट ३७ किलोग्राम चरेस सहित अर्घाखाँची जिल्लाको पाणिनी गाउँपालिका ५ मैदानका ४० वर्षिय टिका बहादुर राष्कोटी सहित ३ जनालाई पक्राउ गरेको छ ।  
सुचनाका आधारमा शनिबार इलाका प्रहरी कार्यालय बुटवलबाट खटिएको प्रहरी टोलीले ३७ किलोग्रम चरेस सहित ३ जनालाई पक्राउ गरेको हो । पक्राउ परेका तिनै जनालाई इलाका प्रहरी कार्यालय बुटवलमा राखिएको छ ।
टिका गत २०७४ सालको स्थानिय तहको निर्वाचनमा नेकपा एमालेबाट निर्वाचित वार्ड सदस्य हुन । यस्तै पक्राउ हुनेमा  बाग्लुङ्ग जिल्लाका जनक घर्ती, कपिलवस्तु जिल्लाको बाडगंगाका नहारी थारु रहेका छन ।
पक्राउ परेकाहरुका सम्वन्धमा प्रहरीले बिस्तृत बिवरण दिएको छैन ।