सागर महत
सन्धिखर्क कार्तिक, १८। अर्घाखाँची सम्पर्क समिति युएइको आयोजनामा ,सुभदिपावली छ्ठ तथा नेपाल सम्वतको अवसरमा शुभकामना आदानप्रदान तथा भेटघाट कार्यक्रम साथी होटलमा सम्पन्न भएको छ ।
कार्यक्रममा बोल्दै कृष्ण भुसालले बेरोजगारीका कारण वैदेशिक रोजगारीमा जानू परेकोे कुरा जनप्रतिनिधि सम्म पुराउने उद्धेश्य रहेपनी पुर्याउन नसक्दा आफूहरुलाई दुख लागेको बताउनु भयो ।
वैदेशिक रोजगारीबाट कमाएको रकमले देशमा केहि गर्छु भन्ने मनसाय राखेर स्वदेशिएका युवाहरुले लगानि गर्ने कुनै पनि वातावरण सिर्जना नहुदाँ पुन विदेशिन पर्ने बाध्यता रहेको दुख ब्यक्त गर्नुभयो ।
कार्यक्रममा अर्घाखाँची युएइ सम्पर्क समितिका सरंक्षक राजु खडकाले मन्तव्य राख्दै आफूहरु प्रवाशमा रहेता पनि छोराछोरीको खर्च कटाई बचेको पैसाले जिल्लामा रहेका बिपन्न,असहायहरु लगायत सामाजिक कार्यमा सहयोग गरेको बताउनु भयो ।कार्यक्रममा प्रमुख जिल्ला अधिकारी खिमराज भुसाल, संस्थापक अध्यक्ष बाबुराम भुसाल, नेपाल कम्युनिस्ट पार्टी ( नेकपा )का नेता रामचन्द्र पोख्रेल, नेपाली काङ्ग्रेसका जिल्ला सचिव बिष्णु भुसाल, राष्ट्रिय जनमोर्चाका कमल घिमिरे , विवेकशिल साझा पार्टीका हरी प्रसाद भुसाल, अर्घाखाँची युएइ सांस्कृतिक मञ्चकाबसन्त घर्ती मगर, उज्यालो प्रतिनिधि उमाकान्त पाण्डे, पाणिनी क्याम्पसका सह प्राध्यापक बुद्दीराम भुसाल, चेम्बर अफ कमर्शका अध्यक्ष अशोक कुमार श्रेष्ठ एनआईसी एसिया बैकका कृष्ण पौडेल, ग्लोबल आई.एम.ई बैककि सुस्मा घिरी, नेपाल पत्रकार महासंघका हिम जिसी लेकाली, वरिष्ठ पत्रकार सहयोगी बिसी लगायतले मन्तव्य राख्नु भएको थियो ।
कार्यक्रममा पत्रकार महासंघ पाँच नम्बर प्रदेश सदस्य प्रेम नारायण आचार्य, , पत्रकार महासंघका जिल्ला उपाध्यक्ष गणेश खनाल, नेपाल प्रेस युनियनका जिल्ला सभापति वीरेन्द्र केसी,रेडियोे देउरालीका रुद्रमणि भुसाल, प्रगतिशिल पत्रकार संगठन नेपालका केन्द्रिय सदस्य श्याम घिमिरे, मालारानी एफ.एमका स्टेशन म्यानेजर नविन के.सी, पत्रकार मेलिना सिंह ठकुरी, जितेन्द्र खत्री लगायतको उपस्थित रहेको थियो ।