प्रकासित मिती: १६ कार्तिक २०७५
श्याम घिमिरे
कात्तिक १६ अर्घाखाँची : नेपाली कांग्रेस अर्घाखाँचीको आयोजनामा सुक्रबार सदरमुकाम सन्धिखर्कमा बिजया दशमी,शुभ दिपावली छठ तथा नेपाल सम्बतको अबसरमा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम बिपि स्मृति भवनमा सम्पन्न भएको छ ।
कार्यक्रममा मनतब्य राख्दै राष्ट्रियसभा सदस्य एवं नेकपा नेता चन्द्र बहादुर खड्काले बिपीले मेलमिलापको नीति बोकेर चियापान कार्यक्रमको सुरुवात गरेको भन्दै सहमति सहकार्य र एकता सधैँ रहिरहनुपर्नेमा जोड दिए । बृहत् शान्ति सम्झौता गर्दा सहमति र सहकार्यकै भावना अनुरूप गरिएको र यसबाटै विकास र समृद्धि सम्भव रहेको बताउदै जिल्लाको बिकासमा सबै पक्षको एकताको खाँचो रहेको उल्लेख गरे ।
जिल्ला समन्वय समितिका प्रमुख पिताम्वर शर्माले बिकासका कामहरु प्रभाबकारि बनाउन सबैले अनुगमन लाई तिब्र पार्नु पर्नेमा जोड दिए । कार्यक्रममा जिल्ला न्यायाधीश रामचन्द्र पौडेल, सन्धिखर्क नगरपालिका नगरप्रमुख कमल प्रसाद भुसाल, मालारानी गाउँपालीका अध्यक्ष बालकृष्ण आचार्य, नेपाल कम्युनिष्ट पार्टी ( नेकपा ) नेता जनार्दन खनाल ,राष्ट्रिय जनमोर्चाका अध्यक्ष थम्मन केसि, प्रमुख जिल्ला अधिकारी खिमराज भुसाल,नेपाल पत्रकार महासंघ जिल्ला अध्यक्ष हिम बहादुर जिसी लेकाली, अर्घाखाँची उद्योग बाणिज्य संघ उपाध्यक्ष जिबलाल बन्जाडे, नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष अशोक कुमार श्रेष्ठ , कर्मचारी युनियनका अध्यक्ष शेषकान्त घिमिरे , नेपाल शिक्षक संघका जिल्ला अध्यक्ष यादब प्रसाद घिमिरे लगायतले शुभकामना मन्तब्य राखेका थिए ।
कार्यक्रम नेपाली कांग्रेसका सभापति बिष्णु मुस्कानको सभापतित्व , जिल्ला उप सभापति शान्ता भण्डारीको स्वागत मन्तब्य र सचिव बिष्णु भुसालको सन्चालनमा सम्पन्न भएको हो ।