सुशासन अभिबृद्धिका लागि सन्धिखर्क नगरपालिकामा साझेदारी मञ्च गठन

सागर परियार
सन्धिखर्क । एकीकृत ग्रामीण विकास समाज अर्घाखाँचीको आयोजनामा सन्धिखर्क नगरपालिकामा साझेदारी मञ्चको गठन गरिएको छ ।
 पारष्परिक जवाफदेहिता परियोजना अन्र्तगत सन्धिखर्क नगरपालिकामा सुशासन र जवाफदेहिताको अभिबृद्धिका लागि मञ्चको निर्माण गरिएको हो । कार्यक्रमले नगरप्रमुख कमल प्रसाद भुसालको संयोजकत्वमा साझेदारी मञ्च गठन गरेको छ । जसमा नगर उप–प्रमुख ठाकुर कुमार बि.क, प्रमुख प्रशासकीय अधिकृत निरज पौडेल लगायत सबै कार्यपालिका सदस्य र शिक्षा, स्वास्थ्य र कृषिका बिषयगत संयोजक सदस्य रहनुुभएको छ । त्यस्तै स्थानीय सभाका प्रतिनिधी तथा वडा सदस्य र बिभिन्न नागरीक समाज संस्थाका प्रतिनिधी पनि मञ्च सदस्य रहनुभएको छ । 
कार्यक्रममा नगरप्रमुख कमल प्रसाद भुसालले साझेदारी मञ्चले सार्वजनिक निकाय र सेवा प्रदायक निकाय बीचको सम्बन्धलाई प्रभावकारी बनाउँदै नगरपालिकालाई भ्रष्टाचार मुक्त बनाउन सहयोग पुग्ने विश्वास लिनुभयो । भुसालले नगरपालिकाले सुशासन र जवाफदेहितालाई महत्वपूर्ण स्थान दिइएको भन्दै मञ्चको सफलतको शुभकामना दिनुभएको थियो । 
नगर उप–प्रमुख ठाकुर कुमार बि.क किशोरले सुशासन विकासको अनिवार्य र महत्वपूर्ण पक्षको भएको बताउनुभयो । उहाँले नगरपालिकाको स्थानीय स्तरबाट आउने बिषयगत सवाल तथा सुझावहरुको सुधार र कार्यान्वयन गर्दा मञ्चले प्रभावकारीता लिने विश्वास लिनुभयो । 
प्रमुख प्रशासकीय अधिकृत निरज पौडेलले सुशासनको क्षेत्रमा क्रियाशील परियोजनाले नगरपालिका भित्र सुशासन अभिबृद्धि गर्न सहयोग पुग्ने बताउनुभयो । उहाँले खुल्ला स्थानीय सरकारको अवधारण नगरपालिकाको प्राथमिकता रहेको भन्दै पारदर्शीता, जवाफदेहिता र सहभागिता अभिबृद्धि गर्न कार्यक्रमले सघाउ पु¥याउने बताउनुुभयो । कार्यक्रममा पत्रकार महासंघका अध्यक्ष हिमबहादुर जिसी ‘लेकाली’ले एकीकृत ग्रामीण विकास समाजले जिल्लामा रहेका नागरीक समाज संस्थाहरुको सहभागितामा सेवाग्राही र  सेवा प्रदायक दुबै निकायलाई जवाफदेहि बताउन महत्वपूर्ण भूमिका खेल्दै आएको बताउनुभयो । 
कार्यक्रममा संस्थाका अध्यक्ष हृदयकुमार भुुसालको अध्यक्षता, नगरप्रमुख कमल प्रसाद भुसालको प्रमुख आथित्यतामा सम्पन्न भएको हो । संस्थाका सागर परियारको स्वागत मन्तब्यमा सुरु भएको कार्यक्रममा कार्यक्रम अधिकृत बसन्त श्रेष्ठले सहजिकरण गर्नुभएको थियो । मञ्चको चौमासिक बैठक र वडा तहबाट आएका सवालहरुको छलफल गरिने छ ।