जीवन दोसाज
सम्माननीय राष्ट्रपति ज्यु १८करोड को कुराले सायद यो सामाजिक सञ्जाल तताउने नौलो कुरा पक्कै होइन सम्माननीय ज्यु लाइ स्मरण रहोस केही समय अगाडि साइकलै चढेर पार्टी को कार्यालय, कार्यक्रम मा सहभागी हुने अरु कोही होइन स्वर्गीय श्रीमान मदन भण्डारी नै हुनुन्थ्यो ।
आज तपाईं १८ करोड को कुरा सुन्दा म जस्तो हजारौं दुखी निमुखा जनताको मुखमा एउटै सवाल को तलवारले साम्प्रदायिक सदभावहरु को आवाज उठाइरहेको छ । हुन त १८ करोड कतिपय ठाउँमा छेउ नलाग्ला तर के झुपडी मा बस्ने ले अन्न खान नपाउने भुकम्प पिडितहरु ठाउँ ठाउँमा अझैपनि तडपिरहेका छन, के तिनी हरुको अधिकार खोसिएकै होर ? देशकै कतिपय ठाउँ ठाउँमा अध्यारो झुपडी मैन बत्तीको साहारामै बाचेका छन् के तिनीहरू लाइ बिजुली बत्ती बाल्ने अधिकार बाट बन्चित गराईएकै हो ?
ठाउँ ठाउँमा मोटर बाटै छैन झुलंगी पुल समेत व्यवस्थित छैनन के त्यो ठाउँ को जनता यो देश को नागरिक होइनन् र ? सरकारी स्कूल भवन मोटर बाटो आदी इत्यादी समेत ठाउँ ठाउँमा विदेशी हरुको सहयोग मा निर्माण भएको छ के यस्ता काम सरकार ले गर्नु पर्ने क्याटगेरिम पर्दैन र ? हशरीयाको बाटो कुना कुनामा वृद्धा , अपाङ्ग हरुको बिगबिगी छ के तिनी हरुको संरक्षण गर्न सरकार को दायित्व होइन र सम्माननीय ज्यु ?
विदेशीएका युवा अभिभावक हरुको पिडा तपाईंले के बुझ्नु भाछ र रातो बाकसलाई अंगालो हाली छाती पिटि पिटि रुनेहरुले भन्दा रात दिन तपाईंको गेट मा सलाम ठोक्नेलाइ सोध्नुस तपाईंको भाइ कहाँ छ भनेर सोधनुहोस सायद खाडी मुलुक नै भन्नुहुन्छ ,के विदेशी हरु लाई देश प्यारो छैन होला र ? प्रत्येक दिन तपाईं जस्तो महिला चेलीबेटी बेचबिखन र विदेश पलायन भैरहेका छन् तपाइ जस्तै महिला माथि बलत्कार शोषण पछि हत्या हिंसा बढिरहेको छ त्यसको विरुद्ध कडा भन्दा कडा एक्सन लिनु को साटो आनन्द लिनु भाछ किन सम्माननीय ज्यु ?