श्याम घिमिरे
मंसिर २० अर्घाखाँची – राष्ट्रिय जनमोर्चा निकट जातिय समता समाज सन्धिखर्क नगरपालीका वडानम्बर २ को भेला बिहिबार सन्धिखर्कमा सम्पन्न भएको छ ।
समाजका जिल्ला अध्यक्ष राजेन्द्र नेपालीको प्रमुख आतिथ्यतामा सम्पन्न भेलाले पोमबहादुर नेपालीको अध्यक्षतामा ११ सदस्यीय वार्ड समितिको गठन गरेको छ ।
जसको उपाध्यक्षमा मञ्जु नेपाली,सचिब प्रदिप नेपाली, कोषाध्यक्ष रेमबहादुर नेपाली सदस्यहरुमा क्रमशः भिमबहादुर नेपाली,नन्द कुमारी नेपाली,सिभी नेपाली,छबबहादुर नेपाली,सुर्य बहादुर नेपाली ‘क’ ,सुर्य बहादुर नेपाली ‘ख’ र जित बहादुर नेपाली रहेका छन । कार्यक्रममा समाजका जिल्ला सदस्य बन्दु नेपाली जिल्ला सल्लाहकार प्रेम नेपाली लगायतको आतिथ्यता रहेको थियो ।