विवेकशील साझा अर्घाखाँचीका नेता हरी भुसाल ।
विवेकशील साझा टुक्रिएपछि अर्घाखाँचीका नेता हरी भुसालसँग अर्घाखाँची डटकम लाईभ व्युरो डिआरजी सुमनले लिएको अन्तरवार्ता :
डिआरजी : अध्यक्ष ज्यु …विवेकशील साझा फुट्यो भन्ने हल्ला चलेको छ । तपाई कुन पक्षमा हुनु हुन्छ ? आज वताई दिनु जनता जान्न चाहान्छ ।
हरि : हाहा बताउन मिल्दैन । तपाईजस्ता शुभचिन्तकहरुसंग छलफल गरेर डिसिजन लिने हाे । अहिलेलाई म बिबेकशिल साझा पार्टीमै छु ।
डिआरजी : आज वताई दिनु अवको राजनिती कता ?
हरी : बिबेकशिल साझा पार्टी ।
डिआरजी : कतै ठुला दलतीर जाने विचार त छैन ?
हरी : बैकल्पिक र सुसंस्कृत राजनितिकाे धार छाेड्न सकिन्न ।
डिआरजी : बिबेकशिल साझा पार्टी त खण्डित भयो भन्छन अव भन्नु रविन्द्र कि उज्जवल कुन लाईन हो ?
हरी : व्यक्तितिर नलागाैँ । यत्ति भन्न सक्छु, म बिबेकशिल साझा पार्टीकाे सदस्य हुँ । बाँकि भविश्यले नै देखाउला ।
डिआरजी : केन्द्रको पार्टी टुक्रा परेपनि जिल्लामा एकता मै रहने संभावना कती छ ?
हरी : बलियाे छ । टुटफुट राम्राे हाेईन । तर जे भयाे राम्रै भयाे । यसबाट पाठ सिकेर अगाडी बढ्नुकाे बिकल्प छैन ।
डिआरजी : कतै भाग नपुगेर उज्जवल वाहिर गएका त हैनन् ?
हरी : म त्याे भन्ने पक्षमा छैन । उहाँ सक्षम, सबल र ईमान्दार मान्छे हाे । भागकाे पछि उहाँ दाैडनुहुन्छ भन्ने कुरा कल्पना पनि गर्न सकिन्न । त्यत्ति हाे, पार्टीमा उहाँहरु अटाउन सक्नुभएन, बिकल्प खाेज्नुभाे । यसलाई सामान्य रुपमा बुझ्दा हुन्छ ।
डिआरजी : अव तपाईको राजनिती भविष्य के हुन सक्छ ?
हरि : कसकाे अाैचित्य छैन ? अनि कसले भन्याे ? के अाधारमा भन्याे ? जान्न मिल्छ भने जानकारी पाउँ न ।
डिआरजी : अन्त्यमा अर्घाखाचीमा रहेका तपाईका तपाईका कार्य कर्ता र सुभ चिन्तकलाई के भन्न चाहानु हुन्छ ?
हरी : पार्टीमा उहाँहरु अटाउन सक्नुभएन, बिकल्प खाेज्नुभाे । याे सामान्य राजनितिक प्रकृया हाे । अात्तिने र मात्तिने गर्नु जरुरी छैन । सुसंस्कृत र माटाे सुहाउदाे राजनितिकाे बिकल्प छैन । याे अवस्थामा एकले अर्काेलाई गाली गर्ने, अाराेप लाउने भन्दा पनि एक असल नागरिककाे हैसियतले देशकाे लागि के गर्न सक्छु, के गर्न सकिन्छ भन्नेमा चिन्तन गर्नुपर्छ । सत्य के हाे भने दुनियालाई बदल्न चाहनुभन्दा हरेक नागरिकले अाफुलाई बदल्न सक्याैँ भने कसैले बनाउन पर्दैन, देश अाफै बन्छ । त्यसकारण कुनैपनि खालले बिचलित नहुन सवै सुभचिन्तक र साथीहरुमा अनुराेध गर्दछु ।
डिआरजी : यहाको महत्त्वपूर्ण समय र संवादको लागी धन्यवाद
हरी : यहाँकाे सकारात्मक साथ, सकारात्मक समर्थन र सकारात्मक चिन्ताकाे लागि पनि धन्यवाद ।