बासगढीकी १५ वर्षिय प्रिज्मा थारु (एसएलइ) रोगबाट ग्रसित सहयोगका लागि अपिल


कृष्ण आचार्य

बर्दिया,(अर्घाखाँची ड्टकम) बर्दिया जिल्लाको बासगढी नगरपालीका वार्ड नम्बर ६ निवासी बावु अशोक कुमार थारु आमा उर्मिला थारु कि छोरी १५ वर्षीय प्रिज्मा थारुलाई (एसएलइ) नामक रोगका कारण दुबै मृगौलामा समस्या देखिएपछि उपचारका लागि ठूलो रकम लाग्ने भएको र अहिले सम्म उपचारका क्रममा रहेको घर जग्गा समेत उपचारका क्रममा सकिएकोले आर्थिक स्थिती अत्यन्तै कमजोर भएपछि परिवारले सहयोगको लागि अपिल गरेका छन ।

काठमाडौँको शिक्षण अस्पतालमा विगत ४ वर्ष देखि उपचारत प्रिज्माको उपचारमा अहिले सम्म सबै पैसा सकिएपछि उपचारमा समस्या आएपछी सहयोगका लागि अपिल गर्नुपरेको दिदी अर्चु चौधरीले बताईन । बहिनिको उपचारमा अहिले सम्म ६० लाख भन्दा धेरै खर्च भईसकेको भन्दै अझै धेरै खर्च लाग्ने भएकाले सहयोग गरिदिन सबैसंग आग्रह गर्नुभएको छ ।

यस अघि कोहलपुरका विभिन्न अस्पतालमा उपचार गरेपनि सम्भब नभएपछि डाक्टरले काठमान्डौ जान सुझाँव दिएका थिए । बहिनिको उपचारका लागि जग्गा बिक्री गर्दा पाएको पैसा पनि उपचारकै क्रममा सकियो, अव बहिनिलाई बचाउँन आफुसँग कुनै उपाय नभएको उहाँको भनाई छ । हामी संगको कुराकानीमा भावुक हुदै उहाँले भन्नु भयो‘ हाम्रो बिजोक हुनबाट जोगाईदिन सवैलाई अनुरोध गर्छु ।

अहिले उहाँको उपचारमा दैनिक तिन हजारदेखि ४ हजार सम्म खर्च लाग्ने गरेको बताउनुभयो। अहिले आफुलाई काठमान्डौमा बसेर खाना बस्नको समेत समस्या हुने अबस्था आएको र सहयोगका लागी विभिन्न निकाय संघसंस्था र देश बिदेशमा रहनु हुने नेपाली आमाबुबा ,दाजुभाइ ,दिदिबहिनी लगायत सम्पूर्ण सहयोगि मनहरुलाइ सहयोगका लागि ९८६८२७८९२५ मा सम्पर्क गर्न सकिने र एभरेस्ट बैंकमा रहेको खाता नम्बर ०४८००५०१२०७७९८ मा सहयोग रकम जम्मा गरिदिन सकिने दिदी अर्चुले बताईन ।