नेकपा विप्लपको फागुन ८ गर्ने भनिएको लुम्बिनी बन्द फिर्ता

श्याम घिमिरे अर्घाखाँचीडट्कम संवाददाता 
सन्धिखर्क, अर्घाखाँची ।  बिप्लप नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी लुम्बिनी व्यूरोले फागुन ८ गते गर्ने भनिएको लुम्विनी ब्युरो बन्द फिर्ता लिएको छ । आफ्ना पार्टीका नेताहरुलाई नियोजित रुपमा फसाउने षडयन्त्र गरिएको भन्दै बिप्लप नेतृत्वको नेकपाले फागुन ८ गते लुम्बिनीका सातवटा जिल्लाहरु बन्दको आव्हान गरेको थियो । 
पक्राउ गरेका चारै जना नेतालाइ जिल्ला प्रशासन कार्यलय अर्घाखाँचीले मंगलबार धरौटीमा रिहा गरेपछि ८ गते आब्हान गरिएको बन्द फिर्ता लिएको नेकपा लुम्बिनी ब्युरो ईन्चार्ज बिरजंग द्धारा जारी गरीएको प्रेस बिज्ञप्तीमा उल्लेख गरीएको छ । 
गत माघ २३ गते अर्घाखाँची जिल्लाको छत्रदेव गाउँपालीकाबाट नेकपाको सांगठनिक अभियानको क्रममा नेकपाका लुम्बिनी व्यूरो सदस्य एवं गुल्मी जिल्ला ईन्चार्ज पुर्णवहादुर सिंह, सेक्रेटरी खिमबहादुर खड्का, अर्घाखाँची जिल्ला पार्टी सचिवालय सदस्य पिताम्बर पोखरेल र टुकलाल पुनलाई अर्घाखाँची प्रहरीले गिरफ्तार गरेको थियो । छत्रदेव गाउँपालिका वडा नम्बर–७ मडेलचौरका स्थानीय भिमलाल पाण्डेलाई कुटपिट गरेको अभियोगमा नेकपा विप्लपका चार नेतालाई प्रहरीले पक्राउ गरेको थियो ।।