पर्यटनमन्त्री रविन्द्र अधिकारी चढेको हेलिकोप्टर ताप्लेजुङको सिस्नेखोलामा दुर्घटना हुँदा हेलिकोप्टरमा सवार सातै जनाको मृत्यु भएको छ ।
अन्तराष्ट्रिय त्रिभुवन विमानस्थल कार्यालय स्रोतका अनुसार बुधबार काठमाडौंबाट तेह्रथुमका लागि उडेको एअर डाईनेष्टिको हेलिकोप्टर दुर्घटना हुँदा चालक प्रभाकर श्रेष्ठसहित सात जनाको मृत्यु भएको हो ।
हेलिकोप्टरमा चालकसहित पर्यटनमन्त्री रविन्द्र अधिकारी, यति एयर लाइन्सका मालिक आङछिरिङ शेर्पा, नेपाल नागरिक उड्ययन प्राधिकरणका इन्जिनियर ध्रुव भोची भया, नेपाल नागरिक उड्ययन प्राधिकरणका उप महानिर्देशक वीरेन्द्रप्रसाद श्रेष्ठ, प्रधानमन्त्री कार्यालयका सल्लाहकार युवराज दाहाल, मन्त्री अधिकारीका पिएसओ अर्जुन घिमिरे रहेका थिए ।
पर्यटनमन्त्रीसहितको टोली तेह्रथुमको आठराई गाउँपालिकाको चौहान डाँडामा बन्न लागेको विमानस्थलको सम्भाव्यता अध्ययनका लागि गएको नेकपाका नेता कृष्णगोपाल श्रेष्ठले बताए ।
ताप्लेजुङ हेलिकोप्टर दुर्घटनामा पर्यटनमन्त्री अधिकारीसहित ७ जनाकै निधन भएको छ ।
बुधबार दिउँसो भएको एयर डाइनेष्टीको हेलिकप्टर दुर्घटनामा परी पर्यटन मन्त्री रविन्द्र अधिकारीसहित हेलिकप्टरमा सवार सात मध्ये ६ जनाको जलेको अवस्थामा शव फेला परेको छ।
हेलिकप्टर दुर्घटनास्थल पुगेका प्रहरीको टोलीका सदस्य प्रहरी हवल्दार बेदकुमार अर्यालले ६ वटा शव जलेको अवस्थामा देखेको पुष्टी गरेका छन्।
‘हेलिकप्टरमा आगो लागिरहेको छ। कसैको पनि शरीर चिन्ने अवस्थामा छैन,’ हवल्दार अर्याललाई उद्धृत गर्दै प्रहरी प्रधान कार्यालयले बतायो।
घटनास्थलमा अरू सरकारी अधिकारी पुग्ने क्रम जारी छ।
बुधबार दिउँसो ताप्लेजुङको सिस्ने खोला नजिक दारे भीरमा भएको एयर डाइनेष्टीको हेलिकप्टर दुर्घटनामा परी पर्यटन मन्त्री रविन्द्र अधिकारीसहित हेलिकप्टरमा सवार सात मध्ये ६ जनाको जलेको अवस्थामा शव फेला परेको छ।
हेलिकप्टर दुर्घटनास्थल पुगेका प्रहरीको टोलीका सदस्य प्रहरी हवल्दार बेदकुमार अर्यालले ६ वटा शव जलेको अवस्थामा देखेको पुष्टी गरेका छन्।
‘हेलिकप्टरमा आगो लागिरहेको छ। कसैको पनि शरीर चिन्ने अवस्थामा छैन,’ हवल्दार अर्याललाई उद्धृत गर्दै प्रहरी प्रधान कार्यालयले सेतोपाटीलाई बतायो।
घटनास्थलमा अरू सरकारी अधिकारी पुग्ने क्रम जारी छ।
संस्कृति, पर्यटन तथा नागरिक उड्यानमन्त्री रवीन्द्र अधिकारी तथा यति एयरलायन्सका मालिक आङछिरिङ शेर्पा चढेको एयर डाइनेस्टिको हेलिकप्टर बुधबार दिउँसो सम्पर्कविहीन भएको थियो।
ताप्लेजुङको पाथिभरा मन्दिरबाट फर्कने क्रममा उक्त हेलिकप्टर दुर्घटनामा परेको प्रहरीले जनाएको छ।
मन्त्री अधिकारी शेर्पासहित तेह्रथुम विमानस्थलको अवलोकन गर्न आज बिहान तेह्रथुमको आठराई पुगेका थिए।
त्यसपछि ताप्लेजुङस्थित पाथिभरा मन्दिर दर्शन गर्न उनीहरू त्यहाँ पुगेको प्रहरीले जनाएको छ। हेलिकप्टरमा अधिकारी र शेर्पासहित ६ जना सवार थिए।
पाइलट प्रभाकर केसीले उडाएको एयर डाइनास्टीको उक्त हेलिकप्टरमा मन्त्री अधिकारीसहित प्रधानमन्त्री कार्यालयका उपसचिव युवराज दाहाल, यति एयरलाइन्स तथा एयर हेलिकप्टर कम्पनी एयर डाइनेष्टीका मालिक आङछिरिङ शेर्पा, नागरिक उड्ययन प्राधिकरणका उप महानिर्देशक वीरेन्द्रकुमार श्रेष्ठ, प्राधिकरणकै वीरेन्द्र र मन्त्री अधिकारीका सुरक्षा गार्ड अर्जुन घिमिरे थिए।
ताप्लेजुङको पाथीभरा मन्दिर जाँदै गर्दा दुर्घटना भएको हेलिकप्टरमा पर्यटन मन्त्री रवीन्द्र अधिकारीसहित ७ जना सवार थिए।
पाइलट प्रभाकर केसीले उडाएको एयर डाइनास्टीको उक्त हेलिकप्टरमा मन्त्री अधिकारीसहित प्रधानमन्त्री कार्यालयका उपसचिव युवराज दाहाल, यति एयरलाइन्स तथा एयर हेलिकप्टर कम्पनी एयर डाइनेष्टीका मालिक आङछिरिङ शेर्पा, नागरिक उड्ययन प्राधिकरणका उप महानिर्देशक वीरेन्द्रकुमार श्रेष्ठ, प्राधिकरणकै वीरेन्द्र र मन्त्री अधिकारीका सुरक्षा गार्ड अर्जुन घिमिरे थिए।
तेह्रथुमको आठराई स्थित हेलिप्याड निरीक्षण गरि पाथिभरा मन्दिर दर्शन गर्न उडेको मन्त्री अधिकारी चढेको हेलिकप्टर दाह्रेभीरमा दुर्घटनाग्रस्त भएको देखेको स्थानीयले प्रहरीलाई खबर गरेका थिए।