कञ्चनपुरकी बलात्कारपछि मारिएकी निर्मला पन्तको घरमा स्वतन्त्र पत्रकार संघ (तस्बिर सहित)

अर्घाखाँचीडट्कम संवाददाता
महेन्द्रनगर, १६ फागुन। बलात्कार गरेर मारिएकी कञ्चनपुरकी बालिका निर्मला पन्तको अझै पनि अपराधी पत्ता नलागेकोप्रति पीडितपरिवारले चिन्ता व्यक्त गरेको छ।
पीडित परिवारलाई भेट्न भिमदत्त नगरपालिका २ को उल्टाखामस्थित घरमा बुधवार अपरान्ह पुगेको स्वतन्त्र पत्रकार संघ नेपालको राष्टिझय पदाधिकारीहरुको टोलीसँग परिवारले चिन्ता व्यक्त गरेको हो।
प्रधानमन्त्री केपी शर्मा ओली समेतले हामीलाई अब अपराधी छिटो पत्ता लाग्छ भन्नुभएको थियो। निर्मलाकी आमा दुर्गादेवी पन्तले भनिन्, ‘सात महिना भइसक्यो, अझै पत्ता लागेको छैन।’
अपराधी पत्ता लाग्ला भन्ने श्विास छ त तपाईंलाई ? भन्ने प्रश्नको जवाफमा उनले भनिन्+ ञप्रहरी प्रशासनका मानिस आएर हामीलाई पनि पीडा छ। हामी जसरी पनि पत्ता लगाउँछौं भन्नुभएको छ। साच्चै नै पीडा लागेको हो भने अपराधी पत्ता त लगाउनु प¥यो नि ।’
प्रहरी प्रशासनसँग तपाईंहरुको अरु गुनासो के छ भन्ने प्रश्नको उत्तरमा उनले आँसु चुहाउँदै भनिन्, ‘हामीलाई घटनास्थलमा जान पनि दिएनन्, मैले त छोरीको मुख पनि देख्न पाइनँ। प्रमाण सबै नष्ट गरियो। मैले घटनास्थलमै देख्न पाएको भए सायद अड्कलले पनि अपराधी चिन्थे होला ।’
दिदी मनीषा पन्तले भनिन्, ‘घटनास्थल पनि प्रहरीले सुरक्षित गरेको थिएन। सबै मानिसहरु ओइरिएका थिए। प्रहरीले किन चाडो प्रमाणहरु नष्ट ग¥यो। धेरै शंकाको कुरा छ ।’
पत्रकारहरुको भूमिका कस्तो पाउनु भयो त भन्दा आमाछोरी दुवैले एकै मुख भएर भने, ‘पत्रकारकै सहयोगले त हो नि घटनाको चर्चा विश्वव्यापी बन्यो र सरकारले बल्ल ध्यान दियो। आज निर्मला जस्ता धेरै चेलीबेटीको सुरक्षाको कुरा पनि उठेको छ ।’
त्यस अवसरमा स्वतन्त्र पत्रकार संघका राष्टिझय अध्यक्ष कृष्णप्रसाद बास्तोलाले निर्मला पन्तको हत्या घटना सबै चिन्तित रहेको उल्लेख गर्दै सञ्चार जगत्ले अपराधी पत्ता नलागेसम्म सरकारका मान्छेलाई चैन गरेर बस्न नदिने बताए।
साथै उनले भने, स्वतन्त्र सञ्चार जगत्लाई पनि दबाउने कोसिस भयो भने त्यस्ता तानाशाहको अस्त्त्वि पनि रहने छैन।
टोलीमा स्वतन्त्र पत्रकार संघ नेपालका महासचिव नवराज पहाडी, उपमहासचिव राजेन्द्रजंग रायमाझी, कोषाध्यक्ष वीरेन्द्र पाण्डे र अर्घाखाँचीका राष्ट्रिय पार्षद डीआरजी सुमन रहेका थिए।