लगातारको हिमपातका कारण अत्याधिक चिसो बढेपछि मुस्ताङका लोपोन्मुख जंगली जनावर मर्न थालेका छन् ।
चरन अभावले आहार नहुँदा मृग, घोरल, कस्तुरीजस्ता वन्यजन्तु मर्न थालेका हुन् ।
चरन क्षेत्रमा हिउँ जमेरपछि खान नपाएर कतिपय चौंरीगाई र भेडा/च्यांग्रासमेत मरेको स्थानीयले बताएका छन् ।
मुस्ताङमा ४ सय ७४ प्रजातिका चराचुरुङ्गीसहित हिमचितुवा, कस्तुरी, मृग, जंगली घोडालगायतका वन्यजन्तु पाइन्छन् ।
लोमान्थाङ, छोसेर, छोन्हुपलगायतका चरन क्षेत्रमा पशु चौपाया हिउँमा पुरिएर मरेको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)की रेञ्जर धनु गुरुङले जानकारी दिए ।
हिमपातका कारण उपल्लो मुस्ताङमा रहेका भेडाच्याङ्ग्राको गोठमा समेत क्षति भएको छ ।
हिमपातका कारण सडक अवरुद्ध भएपछि उपल्लो मुस्ताङ जोड्ने सडकसमेत सुनसान छ ।
सञ्चार सम्पर्क नभएका कारण स्थानीयले पशु चौपायाको विवरण संकलन गरी सम्वन्धित निकायमा पु¥याउन सकेका छैनन् ।इमेजखबरमा समाचार छ ।