सिता भुसाल बन्जाडे
शिक्षिका श्रि शिव मदन मावि सतिनेटा अर्घाखाँची
शासनसत्ता कति फेरियो देश बनाउन भनि
मिलचाल भने कम देखियो एउटै रह्यो रनि ।।
राणा सत्ता अन्त्य भयो आयो प्रजातन्त्र
बहुमत ल्याएका वि पि पनि भा थे अलपत्र ।।
जनतामा आको थियो केहि त होला जस्तो
महेन्द्र राजा महत्वकांक्षी जनता माने सस्तो ।।
सुस्तायो प्रजातन्त्र मौलायो फेरी पन्चायती शासन
पन्च पनि सकेनन नि सुमधुर सम्बन्ध जनतासगं गास्न ।।
जनता पनि कहाँ सहन्थे र सडकमा आए
प्रजातन्त्र बिउझाउनलाई जनधन सबैथोक लाए ।।
रहेन फेरी पनि राजतन्त्रको एकलौटी सत्ता
बिरेन्द्र बोले अरू यहॉ होईन अव जनताकै भो सत्ता ।।
रमझम भयो मन पनि खुशीयाली नेपाल मातृभूमि
मौलिक अधिकारले भरिपुर्ण संविधान आयो घूमिघूमि ।।
यस्तो हाम्रो स्थितिमा आँखा लाग्यो फेरी
मनमुटाव छाउदै गयो सहिदको रगत लतपतियो आँखा वरिपरी ।।
समस्या त आए आए संघर्ष मार्फत समाधान नि हुँदै छन यहॉ
संघिय लोकतान्त्रिक गणतन्त्र ल्याएरै छाडे जहाँ ।।
दु.ख हामी सबै गरेयौ प्रजातन्त्रको कदर गरौ अब
नेपाली जगत नेपाली जनता एकतामा उभिएमात्र हुन्छ लाभैलाभ ।।
समीवेशी, भेदभावरहित, सुशासनको नेपाल बनाउनलाई
आफ्नो दायित्व पुरा गरौ सबैले नै देश सजाउनलाई ।।
त्याग्यौ अब भ्रष्ट वानी सव्य भए ढिला हुन्न विकास गर्न पनि
नमूना राष्ट बनाईकन इतिहास मै नाम राखौ राष्ट योद्धा भनि ।।
गौरव गरौ हामीहरू हाम्रो देशको सुन्दर रुपलाई हेरी
जस्तो चाहन्छौ त्यस्तै बन्छ लागि परौ सच्चा मन गरी ।।
नेपाली साहस त्यस्तो हो जस्तो पनि गर्दै आय गर्दै जान्छन सामना
नयाँ परिवर्तन नयॉ संविधान सफल कार्यान्वयन होस यहि छ ६९औ प्रजातन्त्र दिवसको शुभभकामना ।।